२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष २४, २०७७

सप्तरी – पछिल्लो समय स्थानीय तहमा सरकारले लिएको नीति तथा कार्यक्रम अनुसार खेलमैदान निर्माण सुरु भएको छ । एक गाउँपालिका एक मैदान भन्ने नीति अनुसार अहिले स्थानीय सरकार आन्तरिक लगानी जुटाउँदै र विकास बजेटबाट खेल मैदान बनाइरहेका छन् । स्थानीय स्तरमा प्रतियोगिता आयोजना देखि पालिकालाई सम्मुनत विकास गर्ने लक्ष्य लिँदै डडेल्धुराको अजयमेरु गाउँपालिका पनि २० करोड लागतमा मैदान बनाउन थालेको छ ।

डडेल्धुराको अजयमेरु गाउँपालिकाले खेलकुदको विकासलाई ध्यानमा राख्दै राष्ट्रिय स्तरको खेल मैदान निर्माणमा जुटेको छ । युवाको सर्वाङ्गीन विकासका लागि खेल अपरिहार्य रहेकाले खेलकुदमा यस क्षेत्रका युवालाई सबल बनाउन खेल मैदानको निर्माणमा स्थानीय सरकार जुटेको छ । राष्ट्रिय स्तरको खेल मैदान निर्माण हुने भएपछि खेल अभ्यास लगायत खेलकुद प्रतियोगिता आयोजना गर्न सकिने आशा पलाएको छ ।२० करोड लागतमा बहुबर्षीय योजना बनाई वडा नं ३ को चनबेतालमा मैदान निर्माण गरिन लागिएको हो । गाउँपालिकाले गुरुयोजना बनाएर निर्माण गरिरहेको खेलमैदानको निर्माणका लागि दुई आर्थिक वर्षमा करिव ४० लाख रुपैयाँ खर्च गरिसकेको छ । मैदान निर्माणका लागि चालु आर्थिक वर्षमा ३५ लाख रुपैयाँ विनियोजन गरेको छ । १ सय ५० मिटर लम्बाई र ८० मिटर चौडाई रहेको खेलमैदान अहिले सम्याउने काम अन्तिम चरणमा पुगेको छ ।

खेलमैदानमा प्याराफिट लगाउने, स्वीमिङ पुल, बौचालय, कर्भड हल सहितका विभिन्न भौतिक संरचनाहरु पनि निर्माण गरिने छन् । अजयमेरुले एक वडा एक खेलमैदान निर्माण गर्ने योजना अनुसार गाउँपालिकाका बाँकी पाँच वटा वडामा पनि खेलमैदान बनाउने काम शुरु भएको गाउँपालिकाले जनाएको छ । खेलकुदको विकासका लागि भन्दै गाउँपालिकाले पाँच वटा खेल प्रशिक्षक समेत चयन गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]