०६ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष २४, २०७७

सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जाने भएपछि त्यहाँ उनकाे विराेधीहरूले प्रदर्शन गरेका छन् । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल समूहका विद्यार्थीहरूले शुक्रबार धनगढीमा टायर बालेर विराेध प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री ओली नेकपा प्रदेश कमिटीको आयोजनामा हुने जनसभालाई सम्बोधन गर्न त्यहाँ पुगिसकेका छन् । उनी अहिले एयरपाेर्ट ओर्लिएको र कार्यक्रम केही समयपछि सुरू हुने जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रजिअ हिरालाल चौधरीले मकालु खबरलाई जानकारी दिए ।भ्रमणलाई मध्यनजर गर्दै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलले जनाएको छ । कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहका अनुसार प्रधानमन्त्रीको भ्रमणका क्रममा करिब ८ सय प्रहरी परिचालन गरिने छ । ‘सबै सुरक्षा निकायबीच समन्यव गरि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरीका साथै सेना र सशस्त्र प्रहरी पनि सुरक्षामा खटिने छन्’, उनले मकालु खबरसँग भनेका छन् ।कार्यक्रम सुरू हुनु २४ घण्टा अघिदेखि नै सुरक्षा टोली सक्रिय भएर सुरक्षा व्यवस्थामा खटिएको उनले बताए । सभामा ५० हजार नागरिक जम्मा गर्ने ओली समूह धनगढी कमिटीले दाबी गरेको छ । सभालाई सफलताका साथ सम्पन्न गर्नको लागि ४ क्याबिनेट मन्त्रीहरु केही दिनदेखि धनगढीमै रहेका थिए ।

ओलीको स्वागतमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट भने गएनन् । भट्ट दाहाल–नेपाल पक्षीय नेता हुन् । उनले यसअघि नै आफू प्रधानमन्त्रीको स्वागतमा जान नसक्ने बताइसकेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]