२९ मंसिर २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष २४, २०७७

सप्तरी – सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको आम्दानी तथा नाफा घट्न थालेको छ ।

गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालू आर्थिक वर्षमा टेलिकमको आम्दानी करिब ५० करोड रुपैयाँले घटेको हो ।

अघिल्लो आर्थिक वर्षको भदौसम्म १० अर्ब ६० करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको टेलिकमले आर्थिक वर्ष २०७७÷०७८ को सोही अवधिमा जम्मा १० अर्ब १० करोड ४४ लाख रुपैयाँ मात्र कमाएको हो ।

आम्दानी घटेसँगै टेलिकमको नाफामा समेत ह्रास आएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा टेलिकमले १ अर्ब २ करोड ९० लाख नाफा कमाएको छ । जवकी अघिल्लो बर्ष सोही अवधिमा टेलिकमले २ अर्ब ५४ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको थियो।

त्यसो त टेलिकमको नाफा आम्दानी र नाफा यो वर्ष मात्र घटेको भने होइन । पछिल्लो ५ वर्षको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७४÷०७५ मा सबैभन्दा धेरे आम्दानी र नाफा गरेको टेलिकमको त्यसपछिका वर्षमा आम्दानी घटेकै देखिन्छ ।

आर्थिक वर्ष २०७४÷०७५ मा ४५ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ आम्दानी गर्दै १५ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको टेलिकमको अर्को वर्ष अर्थात आव २०७५/०७६ मा ४३ अर्ब ८३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेर ९ अर्ब ७५ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

गतवर्ष अर्थात आव ०७६/०७७ मा ४१ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको टेलिकमो नाफा ८ अर्ब ५५ करोड ९५ लाख रुपैयाँ रहेको थियो । चालू आर्थिक वर्षमा नाफा सो भन्दा पनि घट्ने देखिएको छ।

भ्वाईस कलमा प्रतिस्पर्धी निजी कम्पनी आएर आक्रमक रुपमा सेवा विस्तार गरेपनि टेलिकमले सो अनुसार गर्न नसकेको, राजनीतिक प्रभावमा कमसल सामान किनेर गुणस्तरहीन सेवा दिएको, निजी कम्पनीलाई फाईदा पुग्ने काम गरेको लगायतका कारणले गर्दा टेलिकमले आम्दानी र नाफा घट्न थालेको जानकारहरु बताउँछन् ।

तर टेलिकमका अधिकारीहरु भने भ्वाइस कलका ग्राहकहरू कम भएकाले पनि आम्दानी र नाफा घटेको बताउँछन् । पहिला भ्वाइस कलका लागि ल्याण्डलाइन र मोवाइल मात्र हरेकोमो अहिले भाइवर, ह्वाट्सएप, इमो, म्यासेन्जर, इन्स्टाग्राम लगायतका भिडियो कलसहितका विकल्पहरु रहेकोले भ्वाइस कलबाट हुने आम्दानी घटेको छ ।

अहिले प्राय अन्तराष्ट्रिय रुपमा कुरा गर्नुपर्दा मानिसहरु स्मार्ट फोन र इन्टरनेटबाटै गर्छन् । पहिला लाइनफोन र मोवाइलबाट कुरा हुन्थ्यो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]