१२ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष २४, २०७७

सप्तरी – प्रतिनिधि सभा विघटन र नेकपा विभाजनपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली शुक्रवार पहिलोपटक राजधानी बाहिरको कार्यक्रममा सहभागी हुँदैछन् ।नेकपाले कैलालीको धनगढीमा आयोजना गरेको आमसभामा सहभागी हुन ओली शुक्रवार कैलाली पुगेका छन् ।

धनगढीको खुलामञ्चमा आयोजना गरिएको सभालाई ओलीले दिउँसो सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको आगमनका कारण धनगढीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्री ओली धनगढी नपुग्दै नेकपा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले धनगढीमा विरोध प्रदर्शन गरेका छन् । प्रचण्ड–नेपाल समूहको अखिलका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयनजिक टायर बालेर प्रदर्शन गरेका हुन् ।

प्रचण्ड–नेपाल समूहमा लागेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रधानमन्त्री ओलीको स्वागतका लागि विमानस्थल गएनन् ।विगतमा प्रधानमन्त्रीको स्वागतका लागि मुख्यमन्त्रीहरू विमानस्थल जाने गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]