०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष २३, २०७७

सप्तरी – स्थानीयको दबाब र मागपछि कटारी नगरपालिकाले त्रिवेणी मेला लगाउने निर्णय गरेको छ । यही पुष १३ गतेको कार्यपालिकाको बैठकको निर्णय भन्दै मेला नलगाउने जनाएको नगरपालिकाले फेरि आज कार्यपालिकाको बैठक बसेर मेला लगाउने निर्णय गरेको मेयर ज्ञानेन्द्र श्रेष्ठ बताए ।

मैनी मेलाले समेत परिचित त्रिवेणी मेला कोरोना भाइरसको संक्रमणका कारण यो वर्ष नलगाउने निर्णय गरिएकोप्रति स्थानीयले सामाजिक सञ्जालमा, पार्टीको सभा सम्मेलन, बिरोध जुलुस गर्दा कोरोना नलाग्ने तर, परापूर्व कालदेखि लाग्दै आएको मैनी मेला लगाउदा कोरोना लाग्ने ? भन्दै विरोध जनाउदै आएका थिए ।वडा नम्बर २ को तावा, कमला र ककरु नदीको संगमस्थल त्रिवेणीमा हरेक वर्षको माघेसंक्रान्तिदेखि मेला लाग्दै आएको छ । परापूर्वकालदेखि नै विगतमा माघ महिनाभरि र शसस्त्र द्वन्दका समयपछि १५ दिनसम्म यो मेला लाग्दै आएको थियो ।त्रिवेणी मेलामा आएर भाकल गरे अनुसारको पशु पन्क्षी वलि दिई पूजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास रहेको छ । विगतमा प्रदेश १, २ र बाग्मती प्रदेश तथा भारतबाट समेत यस मेलामा मकर नुवाई पूजा आराधना गर्न दर्शनार्थीहरु आउने गरेका थिए ।विगतमा पहाडी जिल्ला ओखलढुंगा, खोटाङ, सोलुखुम्बुसँग व्यापारिक सम्बन्ध कायम राखेको त्रिवेणी मेला पूर्वाञ्चलकै ऐतिहासिक र लामो समय लाग्ने मेलाका रुपमा परिचित थियो ।

कोरोना भाइरसका कारण स्वास्थ्य सतर्कता तथा सबै खाले सतर्कता अपनाएर मेला आयोजना गर्न दिइने भएको नगरपालिकाका प्रवक्ता कृष्णराज दनुवारले बताए । यो वर्ष त्रिवेणी स्पोर्ट क्लबको व्यवस्थापनमा मेला लगाउने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]