सप्तरी – सप्तरीमा चार वर्षअघि कुटपिट अंगभंग घटनामा संलग्न भई फरार रहेकी एक महिलासहित विभिन्न अभियोगका तीन जना प्रतिवादीलाई पक्राउ पश्चात् जिल्ला अदालत सप्तरीले कारागार चलान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार २०७३ फागुन ८ गते कुटपिट अंगभंग मुद्दामा अदालतबाट चार वर्ष कैद र एक लाख ५० हजार जरिवाना तोकिएपछि फरार भएकी सप्तरीको महदेवा गाउँपालिका १ पकरीकी ३९ वर्षिया सरातुल खातुन कारागार चलान भएकी हुन।घरमै लुकिबसेको अवस्थामा बुधबार पक्राउ परेकी उनलाई अदालतमा उपस्थित गराउँदा अदालतको आदेशले तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको डिएसपी भुवनेशवर साहले जानकारी दिनु भयो ।गाउँकै मो. मुर्तुजा मिया तथा उनका परिवारको सदस्यमाथी भएको सांघतिक आक्रमणपछि प्रहरीले कुटपिट अंगभंग मुद्दा चलाएपछि अदालतले तोकेको सजाय भुक्तान नगरि फरार भएका सो घटनाका अन्य केही आरोपित व्यक्ति अझै फरार रहेको र खोजी कार्य जारि रहेको प्रहरीको भनाई छ ।यस्तै एक महिनाअघि भएको सवारी अंगभंग मुद्दाका फरार प्रतिवादी सिरहाको लहान नगरपालिका १८ निवासी डम्बर नारायण चौलागाई कारागार चलान भएका छन् । उहाँलाई प्रहरीले अघिल्लो दिन बुधबार घरबाटै पक्राउ गरेको थियो ।पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको सुरुङ्गा नगरपालिका ४ कदमाहा चौक नजिकै गत मंसिर २१ गते चेकजाचमा खटिएका प्रहरी सहायक निरिक्षक हिम बहादुर खतिवडालाई स.७प. २५८० नम्बरको मोटरसाइकल चढेका चौलागाइले ठक्कर दिई गम्भिर घाइते बनाई फरार भएका थिए । यस्तै लागु औषध मुद्दाका अभियुक्त सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ निवासी २८ वर्षि भरत सुतिहार पनि कारागार चलान भएका छन् ।
गत कात्र्तिक १ गते स.७प. १८६५ नम्बरको मोटरसाइकल चढेर जाँदै गर्दा महुली–महदेवा सडकखण्डबाट ५० ग्राम खैरो हेरोइनसहित पक्राउ परेका सुतिहारमाथी लागुऔषध नियन्त्रण ऐन अन्तरगत मुद्दा चलाउँदा अदालतको आदेशमा बिहीबार पूर्पक्षका लागि कारागार चलान गरिएको जिल्लाप प्रहरी कार्यालय सप्तरीले जनााएको छ ।