
सप्तरी – मोरङ जिल्लाको विटारनगर महानगरपालिका–१४ स्थित जतुवा नजिकै भारतको जोगवनीबाट भन्सार छली नेपाल ल्याइँदै गरेको अवैध सामान बरामद भएको छ ।
बुधबार साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याइँदै गरेको ६४ हजार मूल्य बराबरको लत्ताकपडा तथा खुद्रा सामाग्रीहरु बेवारिसे अवस्थामा फेला पारेको हो । प्रहरीले लेडिज बर्को १९ थान, जेन्स भेष्ट १७५ थान, बच्चाको भेष्ट र कट्टु ७६ थान, पेन्टी ४० थान, गाम्छा ४७ थान, कछाड २० थान, लेज १३५ थान, हेप्पीडेन्ट चुइगम ३१ बट्टा, बिस्कुट १ कार्टुन २२ पिस र लक्ष्मण रेखा १२ प्याकेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मान बहादुर राईले जानकारी दिएका छन् ।