०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष २३, २०७७

सप्तरी – मोरङ जिल्लाको विराटनगर महानगरपालिका–३ बरगाछीमा बस दुर्घटना हुँदा बसका एक जना घाइते भएका छन् ।

बुधबार राति ११ बजे पार्किङमा राखेको को १ ख ५२४१ नम्बरको डिलक्स बस दुर्घटना हुँदा सुनसरी कोसी गाउँपालिका–७ भण्टाबारीका रक्कु भनिने २४ वर्षीय राकेश कार्की घाइते भएका हुन् । कार्कीको विराट नर्सिङ होम र विराटनगर अस्पतालको आईसियुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरी अनुसन्धानमा कार्की दिक्तेल–ओखलढुंगा चल्ने ना.५.ख ३५०३ नम्बरको बसमा सह–चालक भएको र केही महिनादेखि बेरोजगार भएको खुलेको छ । उनले बुधबार राति ११ बजे चालक सुत्न गएको समयमा मादक पदार्थ सेवन गरी बस चलाएको प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मान बहादुर राईले जानकारी दिए ।
प्रवक्ता प्रहरी नायव उपरीक्षक मान बहादुर राईका अनुसार कार्कीले मादक पदार्थ सेवन गरी नशामा बस चलाउँदा होस नभएर बस आफै अनियन्त्रित भइ दुर्घटनामा परेको हो । उनले अत्यधिक मदिरा सेवन गरेको र दुर्घटनापछि पनि उनी बसले किचिरहेको अवस्थामा फेला परेको प्रवक्ता राईले बताए । बस सडकबाट विपरित दिशामा गएर दुर्घटनामा परेको राईले जानकारी दिए । बस सडकको विपरीततिर गएर दुर्घटनामा परेको छ । उत्तरतर्फ गइरहेको बस छ लेन सडक पार गर्दै पूर्वतर्फ अर्थात चालकको दायाँतिर पुगेर बिजुलीको पोलमा ठोक्किएको प्रहरी नायव उपरीक्षक राईले बताए ।

उनले बस ठोक्किएपछि बिजुलीको पोल भाँच्चिएको जानकारी दिए । दुर्घटनापछि पोल भाँच्चिएर अगाडि पुगेको बसले एसबीआई बैंकको एटीएम बुथ रहेको सटरमा पनि क्षति गरेको राईको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]