सप्तरी – आईफोन लगायतका सामग्री उत्पादन गर्ने एप्पल कप्पनीको शेयर मुल्य पछिल्लो समय घट्न थालेको छ । अमेरिकी शेयर मार्केट नासडाकका अनुसार पछिल्लो एक हप्ता उक्त कम्पनीको शेयर मुल्य निरन्तर ओरालो लागेर प्रतिकित्ता १२३.६६ डलरमा झरेको छ ।
जनवरी ६ तारिखका दिन मात्र उक्त कम्पनीको शेयर मुल्य ४.३५ अंक अर्थात् ३.३२ प्रतिशतले घटेको छ ।
डिसेम्बर ३० तारिखमा उक्त कम्पनीको शेयर मुल्य १३५.६४ डलर रहेको थियो । त्यसपछि उक्त कम्पनीको शेयर मुल्य निरन्तर घट्दै गएको छ ।