२२ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष २३, २०७७

सप्तरी – महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले चोरीको मोटरसाइकलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका – ९ मुरली भन्ज्याङ्गका २६ वर्षीय राजन मगर र थाक्रे गाउँपालिका-१ देवीस्थानका २१ वर्षीय राजन तामाङ रहेका छन् ।

पीडित सहायता इकाईबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले सोह्रखुट्टेस्थित सडकखण्डबाट बा ९२ प ७६३० नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।अनुसन्धानको क्रममा उक्त मोटरसाइकलको वास्तविक नम्बर प्रदेश ३-०२-०१२ प ९८३५ खुल्न आएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।पर्साको ठोरी गाउँपालिकाका पूर्ण बहादुर थापाले उक्त नम्बरको मोटरसाइकल काठमाण्डौं सोह्रखुट्टेस्थित सडक खण्डबाट हराएको भन्दै खोज तलासका लागि ट्राफिक महाशाखामा उजुरी दिएका थिए ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाइएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिइ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]