०६ फाल्गुण २०८२, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष २३, २०७७

सप्तरी – चितवनमा मोटरसाइकल चोरी गर्ने चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले चितवनको बिभिन्न स्थानबाट मोटारसाइकल चोरीमा संलग्न व्यक्ति र चोरी भएको मोटारसाइकल बरामत गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको बिषेश टोलिले २० गते भरतपुर महानगरपालिका वडा नम्बर १० अष्टभुजा पेट्रोलपम्प पछाडिबाट प्रदेश नम्बर २-०३-००१ प १८७४ नम्बर प्लेटको २२० सीसीको पल्सर मोटारसाइकलसहित मेलोन सुनारलाई पकाउ गरेको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
यसैगरी पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-९ शरदपुर बस्ने २१ वर्षीय मेलोन सुनार, भरतपुर–११ गणेस्थान बस्ने १८ वर्षीय शिव वि.क. भरतपुर–८ गौरीगञ्ज पांडे घुम्ती बस्ने २८ वर्षीय सन्तकुमार गुरुङ र गोरखा भिमसेन थापा गाउँपालिका–५ घर भई हाल भरतपुर–८ पारसनगर बस्ने ३७ वर्षीय नवराज श्रेष्ठ रहेका छन् । प्रहरीले थप अनुसन्धानको क्रममा दुई मोटरसाइकल र एउटा स्कुटरसहित तीन जनालाई पक्राउ गर्न सफल भएको छ ।

यसैगरी गएको आर्थिक वर्षमा उजुरी परोका ७५ वटा सवारी साधान मध्ये १० वटा फेला परेको र चोरीमा संलग्न भएका १३ जना व्यक्ति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रबक्ता डिएसपी सुर्य बहादुर थापाले जानकारी दिनुभयो ।यो आर्थिक वर्षमा उजुरी परेको ४८ मध्ये २२ वटा फेला परेको र १८ जनालाई पक्राउ गरिएको छ ।प्रवक्ता थापाका अनुसार चोरी हुने सवारी साधन मध्येमा बजाज कम्पनीको पल्सर मोटारसाइकल बढी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]