२२ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष २३, २०७७

सप्तरी – कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा चिसोले जनजीवन कष्टकर बन्दै गहेको छ । आइतबार अपराह्नदेखि वर्षा भएसँगै मुगु, हुम्ला, जुम्ला, डोल्पालगायतका जिल्लाहरूमा अत्यधिक चिसोले जनजीवन कष्टकर बनेको हो ।

मौसम परिवर्तनसँगै आइतबारदेखि निकै चिसो बढ्दै गएपछि उच्च हिमाली क्षेत्रको जनजीवन झनै कष्टकर बनेको स्थानीयले बताएका छन् । तापक्रप पनि माइनसम ८ डिग्रीमा झरेको छ ।चिसाले सरकारी तथा गैरसरकारी संघ–संस्थाका सेवामा पनि कठिनाइ भएका छन् । चिसोले गाई, बाख्रा, मेलापात जस्ता दैनिकीमा पनि समस्या भएको मुगुकी स्थानीय सरिता कार्की बताउनुहुन्छ ।

छाया क्षेत्र प्रथामिक विद्यालय तलितुमका शिक्षक कविराज कार्कीका अनुसार चिसो ह्वात्तै बढेकाले पठनपाठनमा पनि समस्या आएको बताउनुभयो । चिसोमा आगो बालेर भए पनि पठनपाठन गराउँदै आएको उहाँको कथन छ । यस वर्ष कोरानाका कारण लामो समय विद्यालय प्रभावित भएका र हिउँदे बिदा दिइँदै आएका विद्यालयमा पनि यस वर्ष हिउँदेबिदा नदिइएको स्थानीय तहहरूको भनाइ छ । विगतका वर्षहरूमा मौसमअनुसार विद्यालय बन्द गरिँदै आए पनि यस वर्ष त्यस्तो नभएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]