२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष २३, २०७७

सप्तरी – भारतका विभिन्न राज्यमा हाँस र कौवामा एभिअन फ्लुको संक्रमण देखिएपछि हजारौं पन्छी मार्न थालिएको छ । विभिन्न राज्यमा ठूलो संख्यामा चराहरू मरेको देखेसँगै अधिकारीहरूले एक साताअघि फ्लु भएको थाहा पाएका थिए । भाइरसले अन्य प्रजातिका पन्छीमा समेत असर पारेको छ ।

केन्द्र सरकारले उच्च सतर्कता जारी गर्दै संक्रमण फैलन नदिन आपत्कालीन उपायहरू अपनाइएको जनाएको छ । मानिसलाई मरेका वा बिरामी देखिएका चराहरूको सम्पर्कमा नजान आग्रह गरिएको छ ।कोरोना भाइरस महामारीबाट जुध्नका लागि भारतले आगामी सातादेखि दसौं लाख मानिसलाई खोप दिने अभियान थाल्न तयारी गरिरहेका बेला उक्त संकट देखापरेको हो । केही जिल्लाहरूमा पन्छी बिक्री गर्ने पसलहरूसमेत बन्द गरिएका छन् । त्यसका साथै, अण्डा बिक्रीको काममा समेत रोक लगाइएको छ ।उत्तरी राज्य हिमाचल प्रदेशमा साइबेरिया र मंगोलियाबाट बसाइँसराइ गर्दै आएका झन्डै २ हजार ५ सय चरा, खोया हाँसहरू मरेका पाइएको बीबीसीले जनाएको छ । त्यस्तै केरला राज्यमा १२ हजारभन्दा बढी हाँस मरेपछि राज्यको मापदण्डअनुसार विभिन्न ३६ हजार पन्छी मारिएका छन् ।

मध्यप्रदेशमा पछिल्लो १० दिनमा सयौं कौवा मरेका छन् । अधिकारीहरूका अनुसार उक्त राज्यमा पछिल्लो समय बकुल्ला र सुगाहरूसमेत मर्न थालेका छन् । इन्दोर सहरमा ५० वटा मरेका कौवाहरू भेटिएपछि अधिकारीहरूले आसपासमा रुघा, खोकी र ज्वरो आएका मानिस छन् किन भनेर परीक्षण गरेका थिए । हरियणा राज्यमा पनि घरमा पालिएका हजारौं पन्छीहरू मरेका छन् । अधिकारीहरूले त्यो बर्डफ्लुका कारण भए/नभएको पुष्टि हुन बाँकी रहेको जनाएका छन् ।अधिकारीहरूले गुजरात र राजस्थान राज्यलाई उच्च निगरानीमा राखेका छन् । बर्डफ्लु एच–५एन–१ जातिको विषाणुका कारण पन्छीहरूमा लाग्ने रुघाखोकीजस्तै एक प्रकारको रोग हो । यो रोगबाट जंगली र घरपालुवा दुवैथरी पन्छीहरू संक्रमित हुने भए पनि विशेषगरी घरपालुवा पन्छीहरूका लागि बढी घातक मानिन्छ । मानव स्वास्थ्यका लागि पनि यो भाइरस जोखिमयुक्त हुन्छ ।

भारतले बर्डफ्लुका कारण सन् २००६ मा ठूलो क्षति व्यहोरेको थियो । खुला सीमाका कारण भारतमा बर्डफ्लु पुष्टि हुनुलाई नेपालका लागि पनि जोखिमपूर्ण मानिन्छ । आप्रवासी चराहरूका कारण पनि संक्रमण फैलने जोखिम बढी हुने गरेको जानकारहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]