३१ भाद्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष २३, २०७७

नेपाल आयल निगमले कर्मचारीलाई २९ करोड रुपैयाँ बोनस बाँड्ने भएको छ । पेट्रोलियम पदार्थको कारोबारमा एकाधिकार रहेको निगमले नाफा कमाएको रकमबाट कर्मचारीलाई बोनस रकम वितरण गर्न लागेको हो । गत दुई आर्थिक वर्षको मुनाफाबाट २९ करोड रकम कर्मचारीलाई बोनसस्वरूप बाँड्ने तयारी भइरहेको निगमले जानकारी दिएको छ ।

बोनस ऐनअनुसार नाफाको एक प्रतिशत कर्मचारीलाई बोनसका रूपमा वितरण गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार निगमले गत दुई आर्थिक वर्षको २९ करोड ९ लाख ८६ लाख रुपैयाँ कर्मचारीलाई बोनस वितरण गर्न लागेकोे छ । आर्थिक वर्ष २०७६÷७७ मा वर्षको १७ करोड ४२ लाख ६९ हजार र आव २०७५÷७६ मा ११ करोड ६७ लाख १७ हजार रुपैयाँ निगमले बोनसका लागि छुट्याएको थियो । निगम नाफामा गएपछि आर्थिक वर्ष ०७३÷७४ मा ७७ करोड रुपैयाँ, आव ०७२÷७३ मा एक अर्ब २६ करोड ३६ लाख र ०७१÷७२ मा ९० करोड रुपैयाँ बोनस रकम विनियोजन गरेको थियो ।पछिल्लो सात वर्षदेखि निगम लगातार नाफामा गएपछि ३ अर्ब ४७ करोड ३२ लाख ९९ हजार ३ सय ३८ रुपैयाँ बोनस रकम जम्मा गरेको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले कर्मचारीलाई एकदेखि दुई महिनाको तलब बराबरको रकम बोनस दिन लागिएको जानकारी दिए । “कोभिडको महामारीमा पनि कर्मचारीले जोखिम मोलेर चुल्हो नबल्नेको घर–घरमा ग्यास पु¥याएका थिए,” पौडेलले भने, “कर्मचारीकै योगदानले कम्पनी नाफा गएकाले उनीहरूको मनोबल उच्च राख्नका लागि पनि बोनस रकम दिनुपर्छ ।” यस व्यवस्था अनुसार उच्च तहका कर्मचारीले एक वर्षको ७० हजार र तल्लो तहका कर्मचारीले ३० देखि ४० हजार रुपैयाँ पाउने छन् ।
यसअघि अर्थ मन्त्रालयले कम्पनीको सञ्चित मुनाफा नभएसम्म बोनस रकम वितरण नगर्न निर्देशन दिएसँगै निगमले बोनस वितरण गरेको थिएन । आर्थिक वर्ष २०६५÷०६६ देखि २०७१÷७२ सम्म निगम घाटामा गएको थियो । निगम घाटामा गएको बेला बोनस रकम वितरण गरेको भन्दै चौतर्फी विरोध भई कर्मचारीले रकम फिर्ता गर्नुपरेको थियो । आर्थिक वर्ष २०७३÷०७४ सम्म नाफाको ६ प्रतिशतका दरले निगमले बोनस रकम छुटाउदै आएको थियो । आर्थिक वर्ष २०७५÷०७६ देखि बोनस नियमावली संशोधन गरेर नाफाको एक प्रतिशतका दरले बोनस रकम राख्ने व्यवस्था गरिएको थियो । बोनस रकम वितरण गर्नका लागि अर्थमन्त्रालयले स्वीकृत दिनुपर्ने व्यवस्था छ । पछिल्लो पाँच वर्षयता निगमले नाफा कमाउदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दै गएकाले पनि निगम नाफा कमाउन सफल भएको हो ।

अन्तराष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर ओरालो लाग्ने गएपछि सोही अनुसार स्थानीय बजारमा मूल्य समायोजन नभएकोले पनि निगम नाफामा गएको देखिन्छ । गत आर्थिक वर्ष निगमले १२ अर्ब ८७ करोड रुपैयाँ नाफा हासिल गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ४ अर्ब १२ करोड रुपैयाँ बढी हो । अघिल्ला वर्षहरूको नाफाबाट प्राप्त ब्याज, पाइपलाइनका कारण बचेको ढुवानी खर्च र गत वर्ष ग्यासमा भएको बचतले निगमको नाफा बढेको हो ।
पेट्रोलियम पदार्थ कारोबार गरेर नाफा कमाएको रकम पूर्वाधारमा खर्च गर्दै आएको निगमको भनाइ छ । निगमले वार्षिक दुई खर्ब भन्दा बढीको इन्धनको कारोबार गदै आएको छ । इन्धन कारोबार गरेर निगमले सरकारलाई ६६ अर्ब ८८ करोड राजस्व समेत बुझाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]