सप्तरी – संसद विघटनविरुद्ध नेपाल विद्यार्थी संगठन (नेविसंघ) ले विरोध प्रदर्शन गर्ने भएको छ ।नेविसंघको केन्द्रीय कमितिले पुस २४ गते शुक्रवार (भोलि) काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न लागेको हो ।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै भोलि दिउँसो १ बजे माइतरमा उल्डो हिँडी प्रदर्शन गर्न लागेको हो । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम संविधान विपरित भएकाले सांकेतीक रुपमा उनको कदमको उल्डो हिँडेर प्रदर्शन गर्न लागेको हो ।त्यस्तै नेपाली कांग्रेसले संसद विघटनको विरुद्ध पुस २५ गतेबाट शुरु गर्न लागेको विरोध प्रदर्शनलाई सफल बनाउन समेत आह्वान गरेको छ ।
यसअघि नेकपा प्रचण्ड-नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू) ले संविधानको धारा खोज्न भन्दै सांकेतीक रुपमा लालटिन बालेर प्रदर्शन गरेको थियो ।