२२ कार्तिक २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष २३, २०७७

सप्तरी – अ र्र्मेरिकी संसदको संयुक्त सत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले आक्रमण गरेपछि ट्रम्पलाई अहिले नै ह्वाइट हाउसबाट हटाउन माग गरिएको छ।

जो बाइडेनलाई राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गर्नका लागि चलिरहेको सत्रमा समर्थकहरुले आक्रमण गरेपछि अमेरिकी उद्योगपतिहरुले ट्रम्पलाई हटाउन आह्वान गरेका हुन्।

एक्सन मोबिल कर्प, फाइजर, टोयाटा मोटर कर्प, लगायत १४ हजारभन्दा बढी कम्पनीहरु संलग्न संस्थाका बिजनेस ग्रुपले ट्रम्पलाई राष्ट्रपतिबाट अहिले नै हटाउने बारेमा सोच्न आग्रह गरेका हुन्।

अमेरिकाको नेशनल म्यानुफ्याक्चर्स एशोसिएसनका अध्यक्ष जे टिम्मनसले ट्रम्पले क्यापिटलभित्र हिंसा फैलाउन उक्साएको आरोप लगाएका छन्। शक्तिमा रहिरहन ट्रम्पले संविधानको उल्लंघन गरेको भन्दै टिम्मनसले उपराष्ट्रपति माइक पेन्स र अमेरिकी क्याबिनेटलाई ट्रम्पलाई हटाउन आग्रह गरेका हुन्।

ह्वाइट हाउसमा ट्रम्पको कार्यकाल अब मात्र १४ दिन बांकी छ। जो बाइडेनले जनवरी २० मा नयाँ राष्ट्रपतिको रुपमा सपथ लिँदैछन्।

अन्य व्यापारिक संघसंस्थाले पनि सदनमा भएको आक्रमणको विरोध गरेका छन्। तर म्यानुफ्याक्चर्स ग्रुपले जस्तो कडा विज्ञप्ती भने जारी गरेका छैनन्।

ह्वाइट हाउससँगै कार्यालय रहेको अमेरिकाको चेम्बर अफ कमर्सले पनि हिंसात्मक प्रदर्शनको विरोध गरेको छ। चेम्बरले राष्ट्रपति निर्वाचनको प्रक्रिया पूरा गर्न कंग्रेसले आफ्नो काम सुरु गर्नुपर्ने बताएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]