सप्तरी – उता पोखरामा होहल्ला गर्ने यात्रुहरूलाई जहाजबाट झारिएन । तत्कालै फर्किने निर्णय सुनाइयो । माइक यांकी जहाजले पोखराबाटै जनकपुर उड्ने अनुमति पायो । जनकपुर पुग्न १८ सय लिटर इन्धन थपियो ।
जहाजले पुनः यात्रु तथा कार्गोको तौल समेटिएको लोडसिट, फ्लाइट प्लान पोखरा विमानस्थललाई बुझाउनुपर्ने भयो । पोखरास्थित बुद्ध एयरको स्टेसनका कर्मचारीले इन्धन थप्दा, कागजात मिलाउँदा करिब ४५ मिनेट जहाज पोखरामा रह्यो । यो अवधिमा केही यात्रुले ककपिटको पछाडितिर फोटो सेसन गरे । काठमाडौंबाट सवा ३ बजे उडेको उक्त जहाज पोखरा अवतरणपछि ५ नबज्दै जनकपुर पुग्यो । पोखराबाट गोरखा मनकामना हुँदै ४० मिनेटमा जनकपुर पुगेको जहाजलाई क्याप्टेन प्याकुरेलले कुशलतापूर्वक बेलुकी ६ बजेअघि नै काठमाडौं अवतरण गराइन् ।