१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २२, २०७७

सप्तरी – सुदूरपश्चिमका २४ जना भलिबल खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ। भलिबलका प्रतिभावान खेलाडी छनोट कार्यक्रम अनुसार छात्रृवृत्ति दिन लागिएको हो।

प्रदेशभरबाट १२ जना पुरुष र १२ जना महिला खेलाडीलाई छात्रवृत्ति दिन छनोट गरिने प्रशिक्षक जगदीश भट्टले जानकारी दिएका छन्‌। उनका अनुसार छनोटमा पर्ने ती खेलाडीलाई महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रमा प्रशिक्षण दिइनेछ।‘अगामी दुई वर्षभित्र राष्ट्रिय भलिबल खेलमा योगदान पुर्‍याउने उद्देश्य राखी यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो,’ प्रशिक्षक भट्टले भने, ‘१८ वर्षमुनिका खेलाडीलाई प्रशिक्षणमा सहभागी गराउँदै छौं।’ उनका अनुसार प्रशिक्षणमा सहभागी हुने खेलाडीलाई मासिक ३ हजार रुपैयाँ उपलब्ध गराइनेछ। पहिलो चरणको छनोटमा पर्ने खेलाडीलाई ६ महिनासम्म छात्रवृत्ति रकम उपलब्ध गराइनेछ। त्यसपछि उत्कृष्ट प्रर्शन गर्नेलाई निरन्तरतासँगै नयाँ खेलाडीलाई समेत कार्यक्रममा समेटिने छ। प्रशिक्षणमा सहभागी हुने खेलाडीलाई निःशुल्क रुपमा विद्यालय शिक्षा समेत उपलब्ध गराइनेछ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले नेपाल खेलकुद विज्ञान प्रतिष्ठानले आयोजना गरेको प्रतिभावान खेलाडी छनोट घोषणा कार्यक्रमको मंगलवार उद्घाटन गरेका हुन्‌।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]