११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २२, २०७७

सप्तरी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अन्य विदेशी यात्री जसरी नै स्कटल्यान्डमा प्रवेश गर्नबाट रोक लगाइने भएको छ । कोरोना भाइरससँग सम्बन्धित नियमका कारण अत्यावश्यकबाहेक कामका लागि कोही पनि विदेशीलाई देश भित्रिन निषेध गरिएको स्कटल्यान्डकी प्रथम मन्त्री निकोला स्टरजनले मंगलबार जानकारी दिएकी हुन् ।

नयाँ राष्ट्रपति निर्वाचित भएका जो बाइडेनको आगामी जनवरी २० मा हुने ह्‌वाइट हाउस प्रवेश कार्यक्रमका बेलामा ट्रम्पले स्कटल्यान्डस्थित आफ्नो गल्फ कोर्स भ्रमण गर्ने योजना बनाइरहेको यतिबेला बढ्दो आशंका रहेको छ । तर स्कटल्यान्डमा भने सोमबारदेखि जनवरीभरका लागि झन् कडा लकडाउन जारी गरिएको छ । यसअन्तर्गत अति आवश्यक कामबाहेक सबै बासिन्दालाई घरमै बस्न निर्देशन दिइएको हो ।

स्टरजनले भनेकी छन्, “डोनाल्ड ट्रम्पको भ्रमण योजनाबारे मलाई केही खबर छैन । हामीले अति आवश्यक काम भएको अवस्थाबाहेक कसैलाई पनि स्कटल्यान्ड प्रवेश गर्न अनुमति दिएका छैनौँ र यो नियम बाँकी सबैलाई जसरी उनीमाथि पनि लागु हुनेछ । गल्फ खेल्न आउनु मलाई कुनै हिसाबमा अत्यावश्यक काम जस्तो लाग्दैन ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]