१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २२, २०७७

सप्तरी – गुगल र अल्फाबेटका दुईसय भन्दा धेरै श्रमिकहरुले अल्फाबेट श्रमिक युनियन स्थापना गर्ने घोषणा गरेका छन् । कम्युनिकेसन वर्क्स अफ अमेरिका युनियन्स क्याम्पियन टु अर्गनाइज डिजिटल इम्प्लोइज (कोड-सीडब्लुए) को सहयोगमा उक्त युनियनमा कर्मचारी तथा कन्ट्रयाक्टर सबै पक्षहरु अटाउन सक्नेछन् ।

हालसम्म अल्फाबेट र गुगलका २२७ जना कर्मचारीहरुले युनियनको समर्थनमा हस्ताक्षर गरिसकेका छन् । श्रमिकहरुले आफ्नो वार्षिक जरिवानाको एक प्रतिशत रकम युनियनको कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएका छन् । कम्पनीमा आन्दोलनको समयमा तलब गुमाउने कर्मचारीहरुलाई सहयोग गर्न उक्त कोषको प्रयोग हुने बताइएको छ । युनियनका लागि हस्ताक्षर गर्ने अधिकांश कर्मचारी कम्पनीको सान फ्रान्सिस्को बे र क्याम्ब्रिज आधारित कार्यलयहरुका रहेका छन् ।

अल्फाबेटका एक लाख ३२ हजार १२१ कर्मचारीमध्ये अहिले युनियनमा २२७ जना मात्र छन् । अल्फाबेट श्रमिक युनियन स्पष्टरुपमा भन्नु पर्दा थोरै आधुनिक छ । यो युनियन कम्पनीसँग बार्गेन गरेर आफ्नो अधिकार लिनुभन्दा पनि साझा लक्ष्य प्राप्तिका लागि संयुक्त रुपमा काम गर्न स्थापना भएको हो । यसअघि गत वर्ष किकस्टार्टर र ग्लिच जस्ता कम्पनीका कर्मचारीहरुले पनि श्रमिक युनियन बनाएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]