०२ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २२, २०७७

सप्तरी – नेपाली काँग्रेसले अरू पार्टीबाट प्रवेश गरेकाहरूलाई संगठनमा प्रमुख पद नदिने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले समायोजन सम्बन्धी सर्वसम्मत रूपमा यो निर्णय गरेको हो ।

काँग्रेसमा मुख्यगरी विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम, सुनिल थापा नेतृत्वमा राप्रपाकालगायत नेतारकार्यकर्ता प्रवेश गरेका थिए । गच्छदारलाई उपसभापति बनाएको काँग्रेसले थापालाई सहमहामन्त्री बनाइसकेको छ ।अन्य पार्टी छाडेर आएकालाई काँग्रेसभित्र समायोजन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा एक समिति बनेको थियो । उक्त समितिको सिफारिसअनुसार केन्द्रीय समितिले समायोजनका मापदण्ड पनि तयार गरेको छ ।

काँग्रेसले अन्य पार्टीमा सक्रिय नभएकालाई क्रियाशील सदस्यता दिन सकिने पनि बताएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार माघ मसान्तभित्र क्रियाशील वितरण र नवीकरणका काम गरिसक्न जिल्ला कार्यसमितिहरूलाई केन्द्रीय कार्यसमितिले निर्देशनसमेत दिइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]