२७ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष २१, २०७७

सप्तरी – सोलुखुम्बु सोलुखुम्बुको माथिल्लो क्षेत्रमा यस वर्षकै पहिलो पटक हिमपात भएको छ । साेलुखुम्बुकाे खुम्बु क्षेत्र, पत्ताले, पिके डाँडासहितका क्षेत्रमा मङ्गलबार हिमपात भएको स्थानीयले बताएका छन् । खुम्बुको नाम्चे, खुम्जुङसहितका क्षेत्रमा बिहानैदेखि हिमपात हुन थालेको नाम्चेका लामाकाजी शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार नाम्चे बजारमा केही समय अघिदेखि हिमपात सुरु भएको छ भने थामे, त्याङबोचे, कोङदे, खुम्जुङलगायतका क्षेत्रमा गए रातिदेखि नै हिमपात भइरहेको छ । खुम्बुको तल्लो भेगमा हिउँ परिरहेको छ भने नाम्चे, लुक्लालगायतका ठाउँबाट देखिने डाँडाहरू सेताम्मे बनेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख मुकेशराज दहालले बताउनुभयो ।हिमपात भएसँगै स्थानीयबासी भने खुसी भएका छन् । हिउँ परेपछि क्रमशः चिसो घट्दै जाने तथा हावाहुरीसमेत कम चल्ने तथा बालीनाली लगाउन उपयुक्त हुने स्थानीय फुर्ग्याल्जेन शेर्पाले बताउनुभयो ।अघिल्लो वर्ष मङ्सिरको दाेस्राे हप्तादेखि हिउँ पर्न थालेको भए पनि यस वर्ष पुस तेस्राे हप्तामा मात्रै हिउँ परेको हो । ओलखढुङ्गाकाे तल्लो क्षेत्र पिके डाँडा, पत्ताले, ओखलढुङ्गाको जन्तरधामलगायतका क्षेत्रमा पनि सामान्य हिमपात भएको छ ।यसैबीच, खुम्बुसहित साेलुखुम्बुकाे तल्लो क्षेत्रमा पनि तापक्रम वृद्धि भएको स्थानीयले महसुस गरेका छन् । सोमबारदेखि हावा चल्न थालेसँगै विगतको भन्दा निकै तातो महसुस भएको लुक्लाकी जाङमु शेर्पाले बताउनुभयो ।

बिहानको समय माइनस ३ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने लुक्लामा मङ्गलबार बिहान ८ डिग्री सेल्सियस मापन गरिएको नागरिक उड्डयन कार्यालय लुक्लाले जनाएको छ । साेलुखुम्बुकाे तल्लो क्षेत्रमा हावा चलेसँगै तापक्रम बढेको महसुस भएको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]