०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष २१, २०७७

सप्तरी – केहीदिन अघि कपिलवस्तुको एक खोलामा मृत फेला परेकी १६ वर्षीया बालिकाको हत्यासँग जोडिएको रहस्य खुलेको छ । प्रहरीका अनुसार ती बालिकालाई एक युवाले बलात्कार गर्ने प्रयास असफल भएपछि हत्या गरेको खुलासा भएको हो ।

शिवराज नगरपालिका वडा नम्वर–३, करमादीस्थित मनबहादुर रोकाकी १६ वर्षीया छोरी अस्मिता भन्ने दीपा रोका पुस १३ गते दिउँसो सोही स्थानको खोलामा मृत फेला परेकी थिइन् ।
ईलाका प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले गरेको अनुसन्धान अनुुसार ती बालिकालाई सोही नगरपालिका वडा नम्वर–४, बनकट्टाका २० वर्षीय अल्फात मुसलमानले हत्या गरि फालेको खुल्न आएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवं डिएसपी धर्मराज भण्डारीले पुस ११ गते साँझ घरबाट बेपत्ता भएकी ती बालिकाको शव दुई दिनपछि प्रहरीले खोलामा फेला पारेको बताए ।

उनले भने, ‘अनुसन्धान गर्दै जाँदा निज मुसलमानले साँझमा शौच गर्न बसेकी बालिकालाई बलात्कारको प्रयास गरेको तर बालिका भागेपछि कर्तुत खुलासा हुने डरले उनको घाँटी निमोठेर हत्या गरेको खुल्न आएको हो ।’ निजलाई पक्राउ गरी अदालतमा उपस्थित गराएर कारवाहीका लागि कानुनी प्रक्रिया थालिएको डिएसपी भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]