१३ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष २१, २०७७

सप्तरी – सोझा–साझा नेपालीहरुलाई खाडी मुलुक (संयुक्त अरब ईमिरेट्स यूएई) लगायतमा लगेर बेचबिखन गर्ने १ जना व्यक्ति पक्राउ परेका छन् ।पक्राउ पर्नेमा महोत्तरीको खयरमारा घर भइ काठमाडौंको चाबहिल बस्दै आएका ३५ वर्षीय जित बहादुर भुजेल छन् ।भुजेललाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काठमाडौंको सुकेधारा क्षेत्रबाट पक्राउ गरेको हो ।प्रहरीका अनुसार भुजेलले नेपालीहरुलाई घरायसी काम मिलाइ दिने भन्दै भिजिट भिसामा युएई सहितका खाडी मुलुकमा पुर्याएर बेचबिखन गर्ने गरेका थिए ।

२७ वैशाख २०७३ मा भिजिट भिसामा काठमाडौंबाट दुबई जान लागेका एक व्यक्तिलाई चेकजाँच गर्ने क्रममा भुजेल धन्दा बाहिरिएको थियो ।विभानस्थल अध्यागमनले सोधपुछ गर्दा ती व्यक्तिलाई ललाई फकाइ राहदानी बनाउन लगाएर भिजिट भिसामा दुबई पठाउन लागिएको खुलेको थियो ।पछि अनुसन्धानका क्रममा भुजेलले नै राहदानी बनाएर अपरिचित व्यक्तिको साथमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पठाएका खुलेको थियो ।२०७३ सालदेखि नै फरार रहेका भुजेललाई खोजीका क्रममा मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौंबाटै पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]