१३ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष २१, २०७७

सप्तरी – बेलायतमा पुन लकडाउन शुरु, कोभिड- १९ को नयाँ भेरियन्टबाट बच्न घरमै बस्न बोरिसको आग्रह
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले देशमा एकपटक फेरि लकडाउन आवश्यक रहेको जनाउँदै पुन लकडाउन जारी गरेका छन्। देशबासीका नाममा सम्बोधन गर्दै उनले गत मार्चमा झै लकडाउन घोषणा गरेका हुन्।

प्रधानमन्त्री जोन्सनले प्राथमिक तथा माध्यमिक स्कुलहरु तत्काल बन्द हुने जनाएका छन्। विद्यार्थीहरुलाई घरबाटै पढ्न उनले आग्रह गरेका छन्। यद्यपि बालबालिकाका लागि खेल्ने ठाउँ खुल्ला रहने र उनीहरु पढ्ने नर्सरी कक्षा पनि खुल्ला रहने जनाइएको छ। उनले परिस्थिति राम्रो बन्दै गएमामात्र फेब्रुअरी मध्येबाट लकडाउन खुला गरिने बताएका छन्।

अति आवश्यकबाहेक होटल तथा जिम र स्विमिङ पुलहरु बन्द गर्न भनिएको छ। रेस्टुरेन्ट, क्याफे र बारहरुलाई टेकअवे सर्भिसका लागि अनुमति दिइएको छ। चर्चहरुमा प्रार्थनाका लागि छुट दिइएको छ तर सोसल डिस्ट्यान्सिङ राखेरमात्र।

प्रिमियर लिगहरु भने स्वास्थ्य मापदण्ड अपनाउँदै सञ्चालन गर्न सकिने जनाइएको छ। नयाँ किसिमको कोभिड – १९ भेरियन्ट फेला पारेपछि बेलायतले विमान सेवासमेत ठप्प पारिसकेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]