१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २०, २०७७

सप्तरी – राजधानीको न्युरोडमा रहेको संकटा क्लबका सचिव आशिषमान सिंहको नजर पोर्चुगलको एउटा फोटोमा पर्‍यो ।सो फोटोमा सडकमाथि छाताहरू टाँगिएको थियो र त्यसमा मानिसहरूको आकर्षण पनि प्रस्टै देखिन्थ्यो ।कोरोनाले न्युरोड क्षेत्रको व्यापार चौपट थियो । मानिसहरूको आवतजावत खासै थिएन ।

पोर्चुगलको त्यो फोटोले उनको मनमा एउटा योजना फुर्‍यो- ‘यहाँ पनि यस्तै छाता राख्न पाए, मान्छेहरू आउँथे कि ? जनजीवन सामान्यतर्फ अघि बढ्थ्यो कि ! ‘उनले आफ्नो योजना साथीहरूलाई सुनाए, त्यसपछि शुरू भयो छाता राख्ने काम छ ।उनले जति सोचेर छाता राखेका थिए, नतिजा सोचेभन्दा निकै राम्रो आयो । १५ दिनमै मानिसहरूको भीडभाड हुन थाल्यो ।न्युरोडको संकटा गल्लीमा ‘अम्ब्रेला स्ट्रीट’ भनेर चौतर्फी चर्चा भयो । मिडियाहरूले स्थान दिए ।भीड बढ्दै गयो । १५ दिनको अवधिमा करीब ८ लाखले ‘अम्ब्रेला स्ट्रीट’ अवलोकन गरेको दाबी सिंह गर्छन् ।

परिस्थिति यस्तो आयो कि भीडभाड थाम्नै नसकिने भयो । व्यवस्थापन गर्नै मुस्किल पर्‍यो ।खासगरी टिकटक बनाउनेहरूको भीडले हिँडिसाध्ये भएन । सोहीकारण अहिले संकटा गल्लीबाट छाता झिकिएको छ ।अब यसलाई अलि व्यवस्थित तरिकाले राख्ने योजना उनले बनाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]