२९ भाद्र २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन ०४, २०७७

सप्तरी- नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ३ सय २५ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को उदयपुरमा १, झापामा ३, तेह्रथुममा १, पाँचथरमा २, भोजपुरमा १, मोरङमा ६३ र सुनसरीमा ७ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश २ को धुनषामा २, पर्सामा १४, बारामा १, रौतहटमा २६, सप्तरीमा ५, सर्लाहीमा १० र सिरहामा १८ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय २ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २, चितवनमा १५, दोलखामा ४, धादिङमा २१, नुवाकोटमा १, भक्तपुरमा १ सय १, मकवानपुरमा २४, ललितपुरमा ६४, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३०, गोरखामा २, तनहुँमा १, लमजुङमा १८, बागलुङमा १ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा १२, गुल्मीमा ६, दाङमा ३, नलवपरासीमा १२, पाल्पामा १२, प्युठानमा ११, बर्दियामा ६, बाँकेमा ३२, रुपन्देहीमा १ सय १३ र रोल्पामा १ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १ र सुर्खेतमा २९, सुदूरपश्चिमको अछाममा १०, कैलालीमा १२ र बझाङमा १९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये १७ हजार ४ सय ७८ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा ९ हजार ५ सय ८४ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ७ हजार ४ सय २१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]