०७ जेठ २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २०, २०७७

सप्तरी – नेपाल प्रहरीले ठूलै रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले आइतवार नागढुंगाबाट एक करोड ४७ लाख अवैध रकमसहित दुई जनालाई पक्राउ गरेको छ । नागढुंगा चेकप्वाइन्टमा कपिलवस्तुबाट काठमाडौं आउँदै गरेका दुई जनाको साथबाट एक करोड ४७ लाख ८६ हजार रुपैयाँ फेला पारेको महानगरीय प्रहरी प्रभागले जनाएको छ ।

प्रदेश ३–०१०२३ च २२५९ हुण्डाइ सिल्भर रंगको कारबाट भारत खोरखपुरका ३० वर्षीय अमितकुरमा गुप्ता र कपिलवस्तुको बाणगंगा नगरपालिका–४ का २२ वर्षीय कार चालक संगम थारुलाई पक्राउ गरेको छ । उनीहरुले उक्त रकम कारको डिक्की, स्पेयर टायर मुनि र कारणको अन्य विभिन्न भागमा लुकाइछिपाइ तीन वटा झोलामा रकम ल्याइएको प्रहरीले जनाएको छ ।एक करोड ५७ लाख रुपैयाँ झोलामा र अमितकुमारको पकेटबाट ८५ हजार रुपैयाँ बरामद भएको हो ।

प्रहरीले भारतीय रुपैयाँ ल्याएर नेपाली सीमा क्षेत्रमा पटकपटक साँटेको पाइएको बताएको छ ।बरामद गरिएको रकमसहित पक्राउ परेकालाई सम्पत्ति सुद्दिकरण विभागमा पठाउने व्यवस्था मिलाइएको प्रभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]