०५ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २०, २०७७
Sorry No Photo is selected hare

सप्तरी – जनकपुर उच्चअदालतको अस्थायी इजलास वीरगन्जमा प्रदेश नम्बर २ सरकारले भवन निर्माण गर्ने भएको छ । प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेशको सन्तुलित विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै उच्चअदालतको अस्थायी इजलासमा भवन निर्माणको तयारी गरिने बताए ।

उच्चअदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा निर्माण गरिने ३ वटा इजलास भवन निर्माण स्थलको स्थलगत निरीक्षण गर्दै उनले भवन निर्माणका लागि आवश्यक प्राविधिक प्रतिवेदनहरू तयार गर्न समेत निर्देशन दिएका छन् । वीरगन्जस्थित उच्चअदालत अस्थायी इजलासका न्यायाधीश शेखर पौडेलले भौतिक पूर्वाधार विकासमन्त्रीको कार्यकक्षमा नै पुगेर अदालतमा इजलासको अभाव रहेकोले निर्माणका लागि ध्यानाकर्षण गराएका थिए ।इजलासको अभावमान्याय सम्पादनमा समस्याभएको जानकारी पाए लगतै मन्त्री सोनलले अदालत परिसरमा पुगेर इजलास भवन निर्माणका लागि जग्गा निरीक्षण गरेको मन्त्रीका स्वकीय सचिव संतोष यादवले जानकारी दिए । स्थानको निरीक्षण गर्दै मन्त्री सोनलले न्यायमा जनताको सहज पहुँचका लागि प्रदेश सरकार गम्भीर भएकोले छिटोभन्दा छिटो इजलास भवन निर्माणका लागि तयारी गर्न मन्त्रालयका इन्जिनियर बिनोद यादवलाई निर्देशन समेत दिएका छन् ।

इजलास भवन निर्माणको लागत अनुमान तयार गरी छिटो प्रतिवेदन मन्त्रालयमा पेश गर्न निर्देशन दिएका छन् । प्राविधिक प्रतिवेदनहरू त्यार भएपछि तुरुन्तै इजलास भवन निर्माणका लागि रकम निकासा गरि निर्माण सुरु गरिने मन्त्री सोनलले बताए । भवन निर्माण स्थलको निरीक्षणका क्रममा प्रदेससभा सदस्यपारस साह, जनत अन्सारी, करिमा बेगम, जसपा नेता राजेशमान सिंहलगायतको पनि उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]