१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २०, २०७७

सप्तरी – कालिकोटमा भारी वर्षासँगै लेकाली भेकहरुमा हिमपात भएको छ । लामो समयदेखि वर्षा नहुँदा चिन्तामा रहेका किसान आइतबार रातभर भारी वर्षासँगै हिमपात भएपछि खुसी भएका छन् ।

जिल्लाका लेकाली भेकहरुमा हिमपात र वर्षाले चिसो अत्याधिक रुपमा बढेको छ । चिसोका कारण स्थानीयबासी घर बाहिर निस्कन सकेका छैनन् । हिमपातले चिसो बढेसँगै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कर्णाली राजमार्गमा गुड्ने सवारी साधनहरु निकै कम छन् ।लामो समयदेखि खडेरीको मार खेप्दै आएका जिल्लाका कृषक पुस महिनामा वर्षा र हिमपात भएपछि हिउँदे बाली लगाउने तयारीमा जुटेका छन् । जिल्लाका अधिकांश पाखो जमिन वर्षा नहुँदा बाँझो थियो । अब पाखो बारीमा पनि गहुँ छर्ने तयारी रहेको स्थानीय कृषक अदानसिंह बोहोराले बताए । उनकाअनुसार गहुँ छर्ने सिजन जाने बेला भएपनि वर्षा भएकाले बारी बाझो राख्नुभन्दा बाली लगाउने तयारी गरिएको बताए । पुसमा भएको हिमपातले जिल्लाका स्याउ किसान थप उत्साहित भएका छन् । स्याउ खेतीका लागि चिस्यानको आवश्यकता पर्ने र त्यो चिस्यान हिमपात भएपछि प्राप्त हुने भएकाले जिल्लामा व्यवसायिक स्याउ खेती गरिरहेका किसान उत्साहित भएका हुन् ।जिल्लाको तिलागुफा नगरपालिका २ फोइका स्या किसान तथा नर्सरी धनी वेगमबहादुर शाहीले जिल्लामा हिमपात भएसँगै यस वर्ष स्याउ उत्पादनमा वृद्धि हुने बताए । वर्षेनि खडेरी पर्दा आफूहरुको उत्पादनमा ह्रास आइरहेका बेला यसवर्ष यसरी नियमित वर्षा र हिमपात भएपछि स्याउ उत्पादन वृद्धि हुने उनको विश्वास छ ।जिल्ला कृषि विकास कार्यालय प्रमुख भरतकुमार बस्नेतले जिल्लाको लेकाली भेकहरुमा भारी हिमपात भएसँगै स्याउ खेतीलाई ठूलो राहत भएको बताए । उनले भने, हिमपातले स्याउको गुणस्तर वृद्धि हुने, स्याउमा लाग्ने रोग किराहरुमा पनि कमी आउने हुन्छ।

परापूर्वकालमा कात्तिक, मंसिरमै हुने हिमपात यस वर्ष ढिलो भएपनि किसानका लागि ठूलो राहत भएको छ । जिल्लाको सबै स्थानीय तहमा गरी करीब ६ हजार हेक्टर गहुँ खेती हुने पाखो जमिन बाँझै थियो । कृषि प्राविधिक प्रशुराम काफ्लेले भने, ‘आकाकशे पानीको भरमा खेती हुने पाखोबारीहरु बाझै थियो । अब खेती लाग्छ ।’ उनले विगत केही वर्षयता मंसिरमा छरिसक्नुपर्ने गहुँ समयमै वर्षा नहुँदा किसानले पुस, माघ र फागुनमा समेत छर्ने गरेको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]