२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २०, २०७७

सप्तरी – ज्योति विकास बैंक लिमिटेडले १३औं वार्षिक साधारण सभा आगामी माघ १४ गते गर्ने भएको छ ।कम्पनीको सञ्चालक समितिको आइतवार बसेको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा विहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै सभामा भर्चुअल माध्यमबाट सहभागी हुन चाहाने शेयरधनीहरुलाई मिटिङ्ग आइडी र पासकोर्ड उपलब्ध गराउने बैंकले जनाएको छ ।

सभाले चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर पारित गर्ने छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस २९ गतेदेखि माघ १४ गतेसम्म शेयर दाखिल खारेज दर्ता बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस २८ गतेसम्म कारोबार भई प्रचलित कानुन बमोजिम बैंकको शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेडमा प्राप्त शेयर नामसारीको लिखतको आधारमा शेयरधनी किताबमा कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र उक्त बोनस शेयर प्राप्त गर्ने छन् ।

सभाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने र गाभिने वा प्राप्ति गर्ने सन्दर्भमा आवश्यक काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]