०५ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २०, २०७७

सप्तरी – लियोनल मेसी टिममा फर्किएर गोलको अवसर सिर्जना गरिदिएपछि बार्सिलोनाले गएराति स्पेनिस ला लिगामा हुयस्कालाई १-० ले पराजित गरेको छ।

बार्सिलोनाबाट मेसीको ७५०औं र ला लिगामा ५००औं खेल थियो। मेसीकै पासमा फ्रांक डी जोङले गरेको गोल गरेका थिए। २७औं मिनेटमा डी जोङले गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो। पहिलो हाफमा बार्सिलोना पूर्णरूपमा हाबी बनेको थियो। मेसीले हानेको फ्रीकिक पनि क्रसबारमा लागेर फर्किएको थियो। दोस्रो हाफमा हुयस्काका राफा मीरले गोल गर्ने राम्रो अवसर खेर फाल्दा बराबरी गर्ने मौका गुमाए। बार्सिलोनाका मेसी, औसमाने डेम्बेले र पेड्रीको प्रयासलाई हुयस्काका गोलकिपर अल्भारो फर्नान्डेजले विफल बनाइदिएका थिए। पछिल्लो खेलमा बार्सिलोना इबरसँग १-१ को बराबरीमा रोकिएको थियो। उक्त खेलमा मेसी दर्शकदीर्घामा बसेका थिए।

जितसँगै बार्सिलोना स्पेनिस ला लिगाको पाँचौं स्थानमा उक्लिएको छ। बार्सिलोनाले १६ खेलबाट २८ अंक जोडेको छ। जुन शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा १० अंकले पछाडि हो। एट्लेटिकोले १५ खेलबाट ३८ अंक जोडेको छ। १७ खेलबाट १२ अंक जोडेको हुयस्का पुछारमा छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]