०५ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २०, २०७७

सप्तरी – लगानीकर्ताहरूले सचेत रूपमा नै राजनीतिसँगको आफ्नो लगावलाई घटाउँदै लगेको हो भने यो एउटा सुखद संकेत हो ।राजनीतिक अस्थिरता तथा संवैधानिक संकटका बीच पनि सेयर बजारले हरेक दिन नयाँ उचाइ लिँदै गइरहेको छ । कोरोना कहरका कारण बजारमा ऋणको माग नबढ्दा घटेको ब्याजदर, अर्थमन्त्रालयमा बजारमैत्री नयाँ नेतृत्व, सेयर बजारमा प्रत्यक्ष प्रभाव पार्ने नेपाल राष्ट्र बैंक तथा सेयर बजारकै नियामक निकाय धितोपत्र बोर्डलगायतको तालमेलबाट सिर्जित सकारात्मक वातावरणले सेयर बजारमा उत्साह ल्याएको देखिन्छ ।

त्यसबाहेक पनि लामो समयदेखिको राजनीतिक अस्थिरता, महाभूकम्प एवं राजनीतिक दलभित्रको सधैंको खिचातानीबाट लगानीकर्ताहरू आफूलाई निरपेक्ष राख्न खोज्दै छन् कि झैं गरेर पछिल्ला महिनामा सेयर बजार लगातार एकपछि अर्को ऐतिहासिक रेकर्ड बनाउँदै गइरहेको छ ।यदि लगानीकर्ताहरूले सचेत रूपमा नै राजनीतिसँगको आफ्नो लगावलाई घटाउँदै लगेको हो भने यो एउटा सुखद संकेत हो । यसको अर्थ लगानीकर्ताको राजनीतिक दललाई ‘तपाईंहरू आफ्नो राजनीति गर्नुस्, हामी हाम्रो लगानी गर्छौं’ भन्ने सन्देश हो यो । विश्वभर नै राजनीतिबाट मात्र नभएर अन्य नीतिगत निर्णयबाट सेयर बजार प्रभावित हुन्छ नै । तर, नेपालमा सदा राजनीतिक रूपमा एकपछि अर्को अस्थिरताका घटनाक्रमहरू दोहोरिइरहने भएकाले तत्कालै यसको प्रभाव सेयर बजारमा परे पनि बिस्तारै राजनीतिज्ञहरूलाई लगानीकर्ताले दिएको सन्देशका रूपमा हाल लगातार बढिरहेको सेयर बजारलाई लिने हो भने यो राजनीतिक दलका लागि पनि सन्देश हो ।सेयर बजारको आफ्नै प्राविधिक समस्याहरूका बाबजुद बजारमा हाल छाएको हरियालीले राजनीतिबाट नेपाली लगानीकर्ताहरू आफूलाई बिस्तारै दूरी कायम गर्दै लगेको परिप्रेक्ष्यलाई सकारात्मक रूपमा लिनुपर्छ । राजनीतिक दल तथा सरकारले नीति–नियम बनाउने तथा बजारलाई स्वतन्त्र रूपमा काम गर्न दिने वातावरण बन्दा सेयर बजारमात्र होइन, लगानीका अन्य क्षेत्रमा पनि यसको सकारात्मक प्रभाव पर्छ । यसबाट नेपालमा राजनीतिक अस्थिरताले बजारमा नकारात्मक असर पर्दैन भन्ने सन्देश पनि जान्छ । जब घरेलु लगानीकर्ताहरू आश्वस्त हुन्छन्, तब विदेशी लगानीकर्ताहरू पनि नेपालमा राजनीतिले अर्थतन्त्रमा प्रभाव पार्दैन भन्दै लगानी गर्न आउने वातावरण बन्छ । हुन त नेपालमा राजनीति तथा अर्थतन्त्रबीचको यस प्रकारको सम्बन्धविच्छेदको अवस्था त्यति सहज छैन, तर पनि हालैका महिनामा सेयर बजारको उत्साह देख्दा यस्तो परिस्थिति निर्माण हुन लागेको हो कि भन्ने आशा गर्नु व्यर्थ नहोला ।
पछिल्ला महिनामा सेयर बजारमा उत्साहका साथ प्रत्येक दिन ४–५ अर्बको कारोबार भइरहेको देख्दा जोकोहीलाई नेपालको सेयर बजार परिपक्व बन्दै गएको हो कि भन्ने भान पर्दैछ । एक वर्षअघिसम्म मात्र दैनिक अर्बको कारोबार नहुने बजारमा ४–५ अर्बको कारोबार नियमित हुन थाल्दा नियामक निकाय धितोपत्र बोर्डको भूमिका पनि बढ्दो छ ।
सेयर बजारमा धेरैभन्दा धेरै वास्तविक क्षेत्रका कम्पनी भित्र्याउने, लामो समयसम्म वार्षिक साधारणसभा नगर्ने कम्पनीहरूको कारोबार रोकेर लगानीकर्तालाई डुब्नबाट जोगाउने, सेयर बजार परिसूचक नेप्सेलाई समयानुकूल परिमार्जन गर्ने तथा बजारलाई बढीभन्दा बढी प्रविधिमैत्री बनाउँदै लाने काममा धितोपत्र बोर्डको ध्यान जानु आवश्यक छ । धितोपत्र बोर्ड आफैं पनि यसका लागि नेपाल राष्ट्र बैंकझैं स्वायत्त तथा आवश्यक कानुन र जनशक्तिसहित बलियो हुन आवश्यक छ । अन्यथा बोर्डको फितलो नियमन तथा कानुनको अभावका कारण भोलि धेरै लगानीकर्ता डुब्ने स्थिति आउन सक्छ ।

किनकि नेपालमा कानुनी शासनभन्दा भीडको शासन चल्ने परिपाटी देखिँदै आएको छ । नेपाललाई लगानीको सफल गन्तव्य बनाउन कानुनी राज्यका रूपमा स्थापित गर्नुको विकल्प छैन, तर राजनीतिक संक्रमण नसकिएको वर्तमान परिवेशमा कतिपय अवस्थामा सरकार आफैं नियम तथा कानुनभन्दा बाहिर खेल्न माहिर भएकाले लगानीकर्ताका लागि नेपाल रोजाइमा नपरेको यथार्थ जगजाहेर छ । तरै पनि साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ । बजारको संकेत समयमा नै बुझ्दा राजनीतिक दल तथा सरकारलाई मात्र नभई देशैलाई फाइदा होला ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]