सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गराउनुको कारण बताएका छन् । उनले सरकार सञ्चालनमा निरन्तर असहयोग भएपछि आफूले बाध्य भएर संसद विघटन गरेको जवाफ सर्वोच्च अदालतलाई दिएका हुन्।
आइतवार प्रधानमन्त्री ओलीले महान्यायाधीवक्ता कार्यालयमार्फत् सर्वोच्चमा पेश गरेको लिखित जवाफमा यसबारेमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री ओलीले जनताको चाहनाअनुसार काम गर्न नसकिने भएकाले निकासका लागि प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशमा लागि चुनावको मिति घोषणा गरेको उल्लेख गरेका छन्।