१२ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १९, २०७७

भिसी कुलवीर थापाको जीवनकथामा आधारित फिल्म ‘गोर्खा बिनिथ द ब्रेभरी’ को अफिसियल ट्रेलर सन् २०२१ को नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको छ । बेलायत बसोबासरत भूतपूर्व ब्रिटिस गोर्खा सन्तानहरूले थापाको जीवनीमा आधारित ‘गोर्खाः बिनिथ द ब्रेभरी’ नामक चलचित्र निर्माण गरेका हुन् ।सन् २०१९ मा घोषणा गरिएको उक्त चलचित्रको ट्रेलरमा नेपाली भाषाको साथै अंग्रेजी र जर्मनी भाषाको पनि प्रयोग गरिएको छ । महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण सन् २०२० मा प्रदर्शन गरिने भनिएको चलचित्र ‘गोर्खा बिनिथ द ब्रेभरी’ को प्रदर्शन मिति अझै टुंगो लागेको छैन ।

साई फिल्म्सको प्रस्तुति रहेको उक्त फिल्ममा अन्तररार्ष्ट्रिय अवार्ड विजेता प्रदीप शाहीको लेखन तथा निर्देशन रहेको छ । शाहीसहित अन्य कलाकार, क्यामेराम्यानलगायत चलचित्र युनिटमा आबद्ध धेरैजसो प्राविधिक पनि गोर्खा सन्तान हुन् । चलचित्रमा अभिनय गर्ने सबै कलाकारले पारिश्रमिक पनि लिएका छैनन् ।फिल्ममा कुलवीरको भूमिकामा समीर गुरुङ, कुलवीरकी श्रीमती मैयाँको भूमिकामा गौमाया गुरुङ, रिद्धिमान राइको भूमिकामा सूर्य गुरुङ, बहादुर गुरुङको भूमिकामा राजन गुरुङ, कुलवीरको एक्लो छोराको भूमिकामा सयोन शाही लगायत विदेशी कलाकारहरु अगोस्टिनो, रोबिन, चार्ली, ज्याक, लीलगायत समेतको अभिनय रहेको छ।

सन् १८८९ डिसेम्बर १५ का दिन पाल्पामा जन्मिएका यिनै भीसी विजेता कुलवीर थापाको जीवनकथामा आधारित फिल्म ‘गोर्खा बिनिथ द ब्रेभरी’ को निर्माण गरिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]