११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १९, २०७७

सप्तरी – जुम्लाको पातारासी गाउँपालिकामा १५ वटा लघुजलविद्युत् आयोजना निर्माण भएपछि विद्युत्मा आत्मनिर्भर बनेको छ । स्थानीय सरकार आएपछि १५ देखि १०० किलोवाटसम्मका ती आयोजना निर्माण भएको गाउँपालिकाले जनाएको छ ।

वषौंदेखि अन्धकारमा बस्न बाध्य स्थानीय वासिन्दाले ती आयोजनाहरुको निर्माणपछि विद्युत् सुविधा प्राप्त भएको गाउँपालिका अध्यक्ष लछिमान बोहोराले बताए । उनका अनुसार पातारासीमा ५८ किलोवाटको विउरेनी विद्युत् आयोजना, २५ किलोवाटको लुम विद्युत् आयोजना, २५ किलोवाटको तल्फी जलविद्युत् आयोजना, ४५ किलोवाटको त्रिवेणी जलविद्युत् आयोजना, २५ किलोवाटको माथि लोर्पा विद्युत् आयोजना, रिनीमा नौ किलोवाट, पटमारामा १२ किलोवाट, तलि लोर्पामा पाँच किलोवाट, लाम्रीमा नौ किलोवाट र महरीमा छ किलोवाटको लघुजलविद्युत्को निर्माण सम्पन्न भएको छ ।जिल्लाकै पहिलो उज्यालो पालिका घोषणा गर्ने तयारीमा पातारासी जुटेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए । पन्ध्र आयोजनामध्ये ११ वटाबाट साढे दुई सय किलोवाट विद्युत् उत्पादन भइरहेको छ । घरघरमा बत्ती पुगेसँगै टुक्कीकै भरमा दिन गुजारी रहेका पातारासीका १७ हजार बढी नागरिकले विद्युत् सुविधा प्राप्त गरेका छन् । अहिले विद्युत्को पहुँच पुगेपछि झरो बाल्ने बाध्यता पनि हटेको छ भने बालबालिकाले सहजरुपमा पढ्न पनि पाएका छन् । विद्युतीकरणपछि फर्निचर उद्योग तथा साना जडीबुटी उद्योग पनि सञ्चालन भएका छन् । विद्युत् क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेर पालिकाले साढे तीन वर्षमै घरघरमा विद्युतीय पहुँच विस्तार गर्न सफल भएको गाउँपालिका अध्यक्ष बोहोराले बताए । साढे तीन वर्षमा पालिकाका करीब २७ बस्तीका तीन हजार ४०० घरधुरीलाई विद्युत्को पहुँचमा पुर्याउन सफल भएको पातारासी गाउँपालिकाले जनाएको छ ।

विद्युत् गृहका कर्मचारीको तलब र मेसिन मर्मत खर्च सबै पालिकाले नै व्यहोर्ने गरी यहाँका तीन हजार ४०० घरधुरीलाई नै निःशुल्क बत्ती दिने व्यवस्था गरिएको गाउँपालिका उपाध्यक्ष पुन्नकली महतराले बताए । एक मेगावाट क्षमताको चुकेनी जलविद्युत् आयोजना निर्माणका लागि गाउँपालिकाले रु दुई करोड शेयर लगानी समेत गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]