२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १९, २०७७

सप्तरी – नेपाल टेलिकमले फिचर फोनहरुमा समेत फोरजीमा आधारित एचडी भ्वाइस सेवा परीक्षण गर्ने भएको छ । टेलिकमले फोरजीमा आधारित भ्वाइस ओभर लङ टर्म इभोलुसन (भ्वाइस ओभर एलटीई) सेवा फिचर फोनमा परीक्षणका लागि प्रक्रिया अघि बढाएको हो ।

त्यसका लागि कम्पनीले इच्छुक मोबाइल ब्राण्डहरुलाई परीक्षणमा सहभागी हुन आग्रह गर्दै टेण्डर जारी गरेको छ । आइतबार गोरखापत्रमा टेण्डरका लागि सार्वजनिक सूचना जारी गर्दै टेलिकमले फोन आपूर्तिकर्ताहरुलाई जीएसएम फिचर फोन उपलब्ध गराउनुपर्ने जनाएको हो ।टेलिकमले हाल देशभर विस्तार गरिरहेको फोरजी एलटीई परियोजना अन्तर्गत एचडी भ्वाइस सेवाको परीक्षणलाई समेत अघि बढाएको छ । केही दिन अघिमात्रै टेलिकमले फोरजी ब्याण्ड ३ (१८०० मेगाहर्ज), ब्याण्ड २० (८०० मेगाहर्ज) र भीओएलटीई सम्बन्धी प्राविधिक परीक्षणका लागि स्मार्टफोन आपूर्तिकर्ता तथा बिक्रेतालाई कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको थियो ।स्मार्टफोनका साथ फिचर फोनमा पनि यो सेवाको परीक्षणका लागि सार्वजनिक टेण्डर जारी गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार परीक्षण पश्चात फोरजी एलटीई तथा भ्वाइस ओभर एलटीई सेवा सपोर्ट गर्ने मोबाइल सेटको मोडल टेलिकमको वेबसाइटमा राखिने उल्लेख छ ।कम्पनीका अनुसार हालको फोरजी सेवामा इन्टरनेट डेटा मात्रै चल्ने गरेको छ भने भ्वाइस कलका लागि थ्रीजीमै फलब्याक हुनेगर्छ । तर अब भिओएलटीईमा भने भ्वाइस कल समेत फोरजीमै चल्नेछ ।

यसको मतलव अब भ्वाइस कल समेत फोरजी इन्टरनेटमै हुनेछ । भिओएलटीईमा हालको थ्रीजीको तुलनामा गुणात्मक रुपमा नै उच्च गुणस्तरमा अर्थात प्राकृतिक आवाजमै कुराकानी गर्न सकिने टेलिकमले जनाएको छ ।फिचर फोनको हकमा गुणस्तरमा अर्थात प्राकृतिक आवाजका लागि परीक्षण गर्न लागिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]