०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १९, २०७७

सप्तरी – हुम्लादार्म लिंक रोड निर्माण अन्तिम चरण पुगे पनि कर्णाली नदीमा बेलिब्रिज नबन्दा सवारी चलाउन मुस्किल भएको छ । ग्रामीण पहुँच कार्यक्रमले ६७ किमिमध्ये २६ किमी सम्पन्न गरी कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ । बाँकी ४१ किमि पनि अन्तिम चरणमा पुगेको हो ।

जिल्ला प्राविधिक कार्यालयको ८ करोड आर्थिक सहयोगमा छायाँनाथ रारा नगरपालिकाको रुघा, भट्टेचौरमा २०६३ सालमै पुल बनाउन थालिए पनि अझै सम्पन्न भएको छैन । उक्त पुल २०६३ र २०७६ साल गरी दुई पटक उद्घाटन भएको हो ।गत वर्ष मुख्यमन्त्री महेन्द्रबहादुर शाही एक साताभित्रै काम थाल्ने भन्दै पुल उद्घाटन गरी फर्किएका थिए । पुल निर्माण जिम्मा आशिष पृथिवी जेबीले लिएको थियो । ठेक्का सम्झौताको पाँच वर्ष बित्दा काम अझै अलपत्र छ । सडक बने पनि सवारी साधन चल्न कठिनाइ भएको रुघा गाउँका धनजित लावडले बताए । ‘सडक बने पनि हिँडेरै सदरमुकाम गमगढी आउजाउ गर्नुपरेको छ,’ उनले भने ।पुल नहुँदा भौतिक पूर्वाधारका निर्माण समाग्री, खाद्य वस्तु ओसारपसार गर्न सास्ती भएको १४ नम्बर वडाध्यक्ष नन्दबहादुर बडुवालले बताए । उनले भने, ‘पुल नबन्दासम्म सडक बनेको के काम ?’रुघा, बाम, लुम, हुम्लादार्म देउलीका बासिन्दा अझै पनि खाद्य वस्तु खच्चरमा बोकाउन बाध्य छन् । ठेकेदार कम्पनीका राजु कार्की भने पुल निर्माणस्थलमा कडा चट्टान भेटिएको काम गर्न नसकिएको बताउँछन् । कार्यालयले वातावरणीय अध्ययन र माटो परीक्षण नगरी ठेक्का खोल्दा अहिले अप्ठेरो परेको उनको भनाइ छ ।

जिल्ला पूर्वाधार विकास कार्यालयले भने ठेकेदारले १ करोड ९५ लाख रुपैयाँ पेस्की लिइसके पनि काम नगरेको आरोप लगाएको छ । ‘ठेकेदारले हरेक वर्ष ठेक्काको म्याद मात्र थपिरहेको छ,’ कार्यालय प्रमुख योगेन्द्र धरालाले भने, ‘आयोजनास्थलमा कुनै काम गरेको छैन ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]