२० मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १९, २०७७

सप्तरी – गण्डकी प्रदेश प्रहरी श्रीमती सङ्घले तनहुँको देवघाट गाउँपालिका–१ बसेनीटारका विपन्न भुजेल समुदायलाई न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ । प्रहरी श्रीमती सङ्घले उक्त ठाउँका ११० घर भुजेल समुदायलाई न्यानो कपडा र खाद्यान्न वितरण गरेको हो । सङ्घका अध्यक्ष सरस्वती अर्याल, देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा र जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले भुजेल परिवारलाई उक्त सामग्री वितरण गरेका थिए।

सङ्घले ती परिवारलाई चामल, दाल चिउरा र कम्बल वितरण गरेको अर्यालले जानकारी दिइन् । उनले न्यून आय भएका नागरिकलाई सहयोग गर्ने सङ्घको उद्देश्य रहेको बताए । देवघाट गाउँपालिकाका अध्यक्ष थापाले देवघाट गाउँपालिकाका नागरिकलाई सहयोग उपलब्ध गराएकामा सङ्घप्रति आभार व्यक्त गर्दै अन्य क्षेत्रमा पनि थप सहयोगको अपेक्षा गरे । सो अवसरमा प्रहरी परिवार श्रीमती सङ्घका पदाधिकारीलाई बसेनीटारका भुजेल समुदायले बुनेको परम्परागत नाङ्लो र ढकिया मायाको चिनोस्वरुप प्रदान गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]