सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई खिया लागेको नटबल्टुको संज्ञा दिएका छन् । उनले दुईवटा नटबल्टु फुक्लिँदा पार्टी गतिशील भएको बताएका छन् । तीनवर्षदेखि पार्टी गतिशील हुन नसकेको भन्दै उनले अब पार्टीले गति लिएको उनले बताए ।
नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली पक्षले काठमाडौंको आज आयोजना गरेको जिल्ला कमिटी भेलालाई संबोधन गर्दै संबोधन गर्दै उनले नटबल्टु खिया लागेर आफैं फुक्लिएको टिप्पणी गरे ।