३१ भाद्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, पौष १८, २०७७

सप्तरी – नेकपा ओली समूहका नेता रामबहादुर थापा बादलले संसद विघटन साहसिक कदम भएको बताएका छन् । आफ्नै पार्टीका नेताहरुले अविश्वासको प्रस्ताव ल्याएर राजनीतिक कू गर्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने राजनीतिक कदम चालेको उनले बताए ।

ओली समूहको काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री समेत रहेका बादलले भने, ‘बाहृय रुपमा प्रतिगमनतिर फर्किए जस्तो देखिएको छ, तर हामी नयाँ उचाईमा पुगेका छौं । सर्बत्र यसको समर्थन भइरहेको छ ।’आफूहरुको एजेण्डा, विचार, सिद्धान्त र नेतृत्व सही भएको भन्दै ओली समूहका नेता बादलले चुनावमा गएर प्रतिगमनकारीहरुलाई भण्डाफोर गर्नुपर्ने उनले बताए ।

अवसरवादी शक्तिहरुले प्रतिगमनलाई पुनस्र्थापित गर्न नेकपालाई फुटाउने प्रयास भएको उनले बताए । विचार, सिद्धान्तका कारण पदीय महत्वकांक्षाका कारण एउटा गुट अलग भएको भन्दै बादलले भने, ‘यो विभाजनबाट प्रतिगामी अवसरवादी शक्तिहरु उत्साहित भएका छन् । उनीहरुको उत्साह सडकमा देखिन्छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]