२१ फाल्गुण २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, पौष १८, २०७७

सप्तरी – ताप्लेजुङको पाथीभरा क्षेत्रमा लागेको डढेलो थप फैलिने जोखिम घटेको छ । आठ दिन अघिदेखि सुरु भएको डढेलो पूर्णरुपमा नियन्त्रणमा नआए पनि फैलनबाट रोकिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिनुभयो ।​ डढेलो फैलिनबाट रोके पनि पुराना मुडाहरुमा आगाे सल्किरहेको प्रजिअ चापागाईँको भनाइ छ । अहिले पनि ती मुडामा लागेकाे आगाे निभाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले प्रयास गरिरहेका छन् ।

भौगोलिक विकटताका कारण पूर्णरुपमा डढेलो नियन्त्रणमा लिन कठिनाइ भएको उहाँको भनाइ छ । डढेलोले झण्डै पाँच सय रोपनी क्षेत्रफलमा क्षति पुर्याएको प्रजिअ चापागाईँले बताउनुभयो । उहाँकाअनुसार जंगलमा बढीजसो सल्ला, साल र गुराँसका बोटमा क्षति पुगेको छ । डढेलोका कारण दुर्लभ वन्यजन्तु रेडपाण्डाको बासस्थान समेत नष्ट भएको छ ।

७ देखि १२ वटासम्म रेडपाण्डा रहेको वनक्षेत्र आगलागीले सखाप बनाएको रेडपाण्डा नेटवर्कका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो । पाथिभरा मन्दिर क्षेत्रनजिकै पुगेको आगो भने हेलिकोप्टरबाट पानी खन्याएर निभाइएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]