२३ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, पौष १८, २०७७

सप्तरी – अमेरिकी संसद्ले रक्षा खर्चसम्बन्धी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रयोग गरेको विशेषाधिकार (भिटो) लाई उल्टाइदिएको छ। उनको राष्ट्रपतीय कार्यकालमै पहिलोपटक संसद्ले यस्तो गरेको बीबीसीले उल्लेख गरेको छ।

नयाँ वर्षका बेला रिपब्लिकनको नियन्त्रणमा रहेको माथिल्लो सदन सिनेटले दुर्लभ रूपमा यस कदमबारे छलफल गर्न सत्र सञ्चालन गरेको थियो।सिनेटमा ८१ जनाले यसको विपक्षका उत्रिएका थिए भने १३ जनाले ट्रम्पलाई साथ दिएका थिए। उनीहरूले ट्रम्पले भिटो प्रयोग गरेर रोकेको ‘नेशनल डिफेन्स अथोराइजेसन एक्ट (एनडीएए) पारित गरेका छन्।जसको पक्षमा यसअघि नै तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले मतदान गरिसकेको छ।अमेरिकी संसद्को दुवै सदनमा दुईतिहाइ बहुमतले राष्ट्रपतिको भिटोलाई उल्टाउन सक्छ। नयाँ पारित ७४० अर्ब डलरको विधेयकले आउँदो वर्षको आर्थिक नीतिका लागि खर्च जुटाउनेछ। अबको केही सातामा कार्यकाल सकिन लागेका ट्रम्पले विधेयकको केही व्यवस्थाबारे प्रश्न उठाएका थिए। अमेरिकी संसद्मा नवनिर्वाचित सदस्यहरूले सपथग्रहण गर्नुभन्दा एक दिनअघि यस्तो विकासक्रम देखिएको हो।अफगानिस्तान र युरोपबाट अमेरिकी सेना फिर्ता गर्ने विषयलाई सीमित पार्ने विषयमा ट्रम्पको असन्तुष्टि रहँदै आएको थियो।

सत्र सुरु हुनुअघि सिनेटका रिपब्लिकन नेता मिच मक्कोनेलले उक्त विधेयक पारित हुनेमा आफू विश्वस्त रहेको बताएका थिए। ‘हामीले ५९ वर्षदेखि लगातार यस विधयेक पारित गर्दै आएका छौँ’ उनले भनेका थिए, ‘आइतबार संसद् सकिनुअघि हामीले एक वा अर्को रूपबाट यसलाई पारित गर्छौँ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]