०८ कार्तिक २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, आश्विन ०२, २०७७

सप्तरी- नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार नाघेको छ। गत २४ घण्टामा मात्र २ हजार २० जना थपिएसँगै संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको हो

प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा १, झापामा ६, भोजपुरमा २, मोरङमा १ सय १८ र सुनसरीमा ५८ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश २ को धुनषामा ९, पर्सामा १७, बारामा ७८, रौतहटमा ६, सप्तरीमा ४५, सर्लाहीमा २ र सिरहामा १९ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ९८ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ६, चितवनमा १ सय ९१, दोलखामा १, धादिङमा १४, नुवाकोटमा ६, भक्तपुरमा ८२, मकवानपुरमा ३०, रामेछापमा ६, ललितपुरमा ७९ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ८६, गोरखामा १२, तनहुँमा ५, नवलपरासी पूर्वमा ३९ र लमजुङमा ६ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ को अर्घाखाँचीमा ९, कपिलवस्तु र गुल्मी ६÷६, दाङमा २४, नलवपरासीमा ४१, पाल्पामा ३, प्युठानमा १, बर्दियामा १८, बाँकेमा २, रुपन्देहीमा ८६ र रोल्पामा ९ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा १, रुकुम पश्चिममा २३, सुर्खेतमा १ सय १७, सुदूरपश्चिमको अछाममा १६, कञ्चनपुरमा ७, कैलालीमा १७, डोटीमा १, बझाङमा १, बाजुरामा ३ र बैतडीमा २ कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये १७ हजार ३ सय ३ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा ११ हजार ४ सय ५८ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ७ हजार ७ सय ३६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]