०६ फाल्गुण २०८२, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष १६, २०७७

सप्तरी – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राजनीतिक पहुँचका भरमा अनावश्यक ठाउँमा पनि विमानस्थल निर्माण भएको बताएका छन् ।बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले राजनीतिक पहुँचका आधारमा निर्माण भएका कतिपय विमानस्थल अहिले सञ्चालन हुन नसकेको पनि बताए ।

देशभर ५५ वटा एयरपोर्ट रहेकोमा ३६ वटा कालोपत्रे गरिएको र त्यसमा पनि ३५ वटा मात्रै सञ्चालनमा रहेको उनको भनाइ छ । २० वटा एयरपोर्ट सञ्चालनमा आउन नसक्नुले राजनीतिक पहुँच र शक्तिको आधारमा एयरपोर्ट बनाइएको स्पष्ट हुने मन्त्री ढकालको भनाइ छ ।उनले नेपालको अन्तर्राष्ट्रिय उडानलाई कालो सूचीमा राखिएको विषयको अन्तर्वस्तु केलाउनुपर्ने बताए । नेपालको योग्यता नपुगेका कारण हो अथवा कुनैपनि देशको स्वार्थका कारण कालो सूचीमा राखिएको हो भन्नेबारेमा गहिरो गरी हेर्नुपर्ने उनले बताए ।कसैले कालो सूचीमा राखेर आफ्ना स्वार्थ पुरा गर्नका लागि अतिरिक्त दवाव दिन खोजेको हो भने अन्तर्राष्ट्रिय समुदायलाई भन्न सक्नुपर्ने पनि मन्त्री ढकालले बताए ।

कार्यक्रममा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले कोभिडका कारण नेपालको उड्डयन क्षेत्रमा अर्र्बौ रुपैयाँ नोक्सानी भएको बताए । नेपाल वायुसेवा निगमले झण्डै ५ अर्ब, हिमालयन एयरलाइन्सले झण्डै २ अर्ब र आन्तरिक तर्फका हवाई जहाज र हेलिकप्टर अपरेटरहरुले करिब १० अर्ब ६२ करोड रुपैयाँ नोक्सानी व्यहोर्नुपरेको महानिर्देशक पोखरेलले जानकारी दिए।प्राधिकरणको आम्दानीमा पनि ८० प्रतिशत अर्थात ५ अर्ब ६९ करोड रुपैयाँ घटेको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]