२१ बैशाख २०८३, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष १६, २०७७

सप्तरी – प्रहरीले १८ किलो ५ सय ग्राम लागूऔषध अफिमसहित ३ जनालाई पक्राउ गरेको छ ।भूमे गाउँपालिका–३, झुम्लाबाङका ३४ वर्षीय ताराप्रसाद श्रेष्ठ, सिस्ने गाउँपालिका–४, अमलाचौरका ५८ वर्षीय मन्सराम खत्री र भूमे गाउँपालिका–३, झुम्लाबाङ घर भइ वडा नम्बर २ खाबाङमा बस्दै आएका २१ वर्षीय हिक्मत पुन छुट्टाछुट्टै ठाउँबाट पक्राउ परेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए । उनका अनुसार ताराप्रसाद र मन्सरामलाई १४ गते राति ११:५० बजे सिस्ने गाउँपालिका–६ को छिप्रिदहस्थित एक होटेलबाट १३ किलो अफिमसहित पक्राउ गरिएको हो ।

अफिमको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको डिएसपी बज्राचार्यले बताए ।१४ गते दुई जनालाई पक्राउ गरी थप अनुसन्धान गर्दा हिक्मत पनि अफिम कारोबारमा संलग्न भएको खुलेको हो । ५ किलो ५ सय ग्राम अफिमसहित हिक्मतलाई पनि प्रहरी बिहीबार पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]