२१ बैशाख २०८३, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष १६, २०७७
Sorry No Photo is selected hare

सप्तरी – स्याङ्जाको वालिङमा ‘डिजिटल प्रविधि’ बाट जग्गा नापजाँच कार्य थालिएको छ । विशेष नापी कार्यालय पाल्पाको ७ नं. टोलीका चार जना प्राविधिकहरुद्वारा ‘डिजिटल प्रविधि’ बाट जग्गाको नापजाँच र साँध सँधियार छुट्टयाउने काम थालेको नापी टोलीका प्रमुख ज्योति शाहले बताउनुभयो ।‘डिजिटल प्रविधि’ को प्रयोगले जग्गा नापी कार्य थप वैज्ञानिक, यथार्थ, तथ्यपरक र पारदर्शी हुने, ब्यक्तिका फरक फरक रहेका टुक्राटुक्री जग्गाहरुको तथ्याङ्क एउटै पद्धतिमा रहने भएकाले पनि यो विधि प्रभावकारी हुने टोली प्रमुख शाहले बताउनुभयो ।
“पहिला फिता लिएर जग्गा जमीनमै जानुपर्ने अवस्था थियो, उक्त विधिप्रति विवाद पनि देखिन्थ्यो” टोली प्रमुख शाहले भन्नुभयो, “‘डिजिटल प्रविधि’ को प्रयोगले साँध सँधियारहरुले हचुवाका भरमा देखाएको आधारमा साँध लगाउने र चार किल्ला तोक्ने प्रवृत्तिको अन्त्य हुनेछ ।”

जग्गा नापीका क्रममा पहिले देखिएका विवादहरु ‘डिजिटल प्रविधि’ को प्रयोगसँगै हराउँदै जाने टोली प्रमुख शाहले बताउनुभयो । वालिङ १ बाट शुरु गरिएको नाप जाँच कार्यलाई जिल्लाका अन्य तहहरुमा पनि पु¥याईने बताईएको छ । जग्गामा नापजाँचका क्रममा कहीँ कतै विवादहरु देखिएमा भूमि ब्यवस्था ऐन तथा नियम अनुसार निरुपण गर्दै अगाडि बढ्ने टोली प्रमुख शाहले बताउनुभयो ।‘डिजिटल प्रविधि’ बाट जग्गा नाप जाँच गर्दा जग्गाको यथार्थ विवरण आउने विवादरहित हुने भएकाले यो विधि प्रभावकारी हुने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणको भनाई छ । जमीनको वैज्ञानिक कर तथा सेवाग्राहीको आवश्यकता अनुसार अनलाईन प्रणालीबाट विवरणहरु लिन सकिने भएकाले पनि यो प्रविधिमैत्री र अहिलेको समयको माग अनुसार अगाडि बढेको उहाँले बताउनुभयो ।

“विगतमा फिता लिएर जग्गा नापी गर्दा शतप्रतिशत प्रभावकारी हुन सक्दैनथ्यो, त्रुटिहरु देखिन्थ्यो” नगर प्रमुख खाँणले भन्नुभयो, “ब्यक्तिगत तथा सार्वजनिक जग्गाहरुको यथार्थ स्थिति पत्ता लगाउन र विश्वसनियता तथा साँध सँधियारबीच विवादरहित बनाउनका लागि यो विधि अझ बढी प्रभावकारी हुने देखिन्छ ।” विशेष नापी टोलीले जग्गा नाप्ने कार्य थालेकोमा खुशी ब्यक्त गर्दै नाप जाँचका क्रममा विवादहरु आईपरेमा सहजीकरण गर्ने नगर प्रमुख खाँणले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]