११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष १६, २०७७

सप्तरी – तेल कालोबजारी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । त्रिदेव रिप्याकिङ फर्मको संचालक वीरगंजका २४ वर्षीय रोशन कुमार वर्णवाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।रोशनको आफ्नो दाजु राजन वर्णवालको नाउँमा रहेको त्रिदेव रिप्याकिङ फर्ममा विभिन्न ब्राण्डको सोयाविनको तेल ल्याई रिप्याकिङ गरी बोटलमा दिप शक्ति तिलको तेल, तील उपकार पुजा तेल लेखिएको स्टिकर समेत टाँसी सर्वसाधारणलाई बिक्री गरी कालो बजार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको जनाएको छ ।

साथै त्रिदेव रिप्याकिङ फर्मबाट महालक्ष्मी सोयविन लेखेको ३ हजार ४ सय ६५ लिटर तेल, दिव्य रिफाईण्ड सोयाविन लेखिएको ९ सय ९० लिटर तेल, तिल उपकार पूजा आयल लेखेको ३ सय ४८ लिटर तेल, १ सय ५० थान तिल उपकार पुजा आयल लेखेको स्टिकर, दिप शक्ति तिलको तेल लेखेको स्टिकर लेवर ४० वटा तथा धारा जस्तो समेत फिट भएको २ थान ड्रम र दिप ज्योति तिल उपकार लेखेको खाली वोटलको २ थान पोका र खाली वोटल २ थान प्रहरीले बरामद गरेको बताएको छ ।

रोशनमाथि कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन अन्तर्गत कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइहरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]