११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष १६, २०७७

सप्तरी – देवघाट गाउँपालिका– २ ब्यागनमा रहेको सर्वोदय आधारभूत विद्यालयको भवनमा तीन वर्षदेखि वडा कार्यालय सञ्चालन गरिएको छ । वडा कार्यालयले गाउँमा घर भाडामा नपाएपछि विद्यालयकै एउटा कोठाबाट कार्यालय सञ्चालन गरिएको हो । १८ साउन ०७४ देखि विद्यालयमै वडा कार्यालय राखेर सेवा दिँदै आएको वडाध्यक्ष पोलबहादुर आलेले बताए । उनका अनुसार गाउँमा घर भाडामा लिनका लागि खोजी गरेका थियौँ, तर कतै पनि पाउन सकिएन । ‘जता सजिलो भयो त्यहीँ कार्यालय राख्न पनि मिलेन । सबैलाई पायक पर्ने ठाउँमा कार्यालय राख्नुप¥यो । वडाभरिका स्थानीयलाई पायक पर्ने ठाउँ ब्यागन नै हो । तर, गाउँभरि कोठा पाइएन । त्यसपछि विद्यालयले नै निःशुल्क एउटा कोठा उपलव्ध गराइदियो । अनि विद्यालयबाटै सेवा दिन बाध्य भयौँ,’ उनले भने ।

स्थानीयलाई विद्यालयमै वडा कार्यालय भएपछि कामकाज सजिलो भएको छ । तर, विद्यार्थीको पठनपाठन भने प्रभावित बनेको छ । ‘कार्यालयमा सेवाग्राही आउँदा भिडभाड र होहल्ला हुन्छ जसले विद्यार्थीको पढाइमा समेत बाधा पर्छ,’ वडाध्यक्ष आलेले भने । दैनिक २५–३० जना सेवाग्राही कार्यालयमा सिफारिस र विभिन्न काम लिएर आउने गर्दछन् ।विकल्प नभएपछि वडा कार्यालयका लागि विद्यालयले कोठा उपलब्ध गराएको सर्वोदय आधारभूत विद्यालयका प्रधानाध्यापक टेकबहादुर थापाले बताए । ‘भवनको एउटा कोठामा विद्यार्थी पढ्छन् भने अर्को कोठामा सेवाग्राही काम लिएर आउँछन् । विद्यालयमा खेलमैदान पनि सानो छ । साँघुरा भएकाले मानिसहरू बस्ने र उभिने ठाउँ पनि छैन । त्यस्तै बैठक बस्दा झन् समस्या हुने गरेको छ,’ उनले भने ।एउटै भवनमा दुईवटा कार्यालय भएपछि विद्यार्थीसमेत निराश छन् । ब्यागनमा जम्मा ११ घरधुरी छ, तर स्थानीयको घरमा वडा कार्यालय राख्नका लागि कोठा उपलब्ध हुन नसक्दा समस्या भएको हो । कच्ची घर र कोठा अभावका कारण पनि कार्यालयले घर भाडामा नपाएको हो । अधिकांशको घरमा कोठा पनि नपाइएको र कार्यालयलाई हुने खालको कोठा नभएकाले पनि विद्यालयले कोठा उपलब्ध गराएको प्रधानाध्यापक टेकबहादुर थापाले बताए । ‘त्यतिवेला वडा कार्यालयका लागि भनेर एउटा कोठा दियौँ, तर अहिले विद्यार्थीको पठनपाठनमा समस्या भयो,’ उनले भने । ब्यागन, कराँदी, तालबारी, छेराङ कोटबैदी, सिम्ले, खाल्टेलगायतका स्थानीयलाई पायक पर्ने ठाउँ ब्यागन भएकाले गाउँपालिकाले त्यहाँ वडा कार्यालय निर्माण गरेको हो ।

देवघाट गाउँपालिका– २ स्थित ब्यागनमा वडा कार्यालय भवन निर्माण भइरहेको छ । गाउँपालिकाले ८० लाख रुपैयाँ लागतमा भवन निर्माणको काम अघि बढाएको हो । दुईतले भवनको ५० प्रतिशत काम सम्पन्न भएको वडाध्यक्ष आलेले बताए । निर्माणाधीन भवन ट्वाइलेट बाथरुमसहित सुविधासम्पन्न हुनेछ । वडा भवन निर्माण सम्पन्न नभएसम्म विद्यालयबाटै सेवा दिने वडाध्यक्ष आलेको भनाइ छ । ‘भवन निर्माणको काम तीव्र गतिमा भइरहेको छ । हामीले छिटोभन्दा छिटो सक्ने तरिकाले काम गरिरहेको छौँ । ०७८ वैशाखमा सर्ने हाम्रो तयारी छ, त्यहीअनुरूप काम भइरहेको छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]