११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष १६, २०७७

काठमाडौं – सरकारले निर्मला हत्या प्रकरणमा बर्खास्तीमा परेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई सेवामा फर्काउने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विष्टलाई दुई वर्ष अघि गरिएको कारबाही बदर गर्दै पुनर्बहाली गर्ने निर्णय गरेको हो ।

प्रहरी महानिरीक्षक समेतको टोलीले स्थलगत अध्ययन गर्दा कर्मचारीबाट चरम लापरबाही र गैरव्यवसायिक कार्य भएको देखिएको भन्दै विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई ८ कात्तिक २०७५ मा बर्खास्त गरिएको थियो ।

यसअघि प्रकरणमा निलम्बनमा परेका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का तत्कालीन डीएसपी अंगुर जिसी लगायत सेवामा फर्किइसकेका छन् ।

११ साउन २०७५ मा कञ्चनपुरमा बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । प्रकरणको अनुसन्धानमा प्रहरीले लापरबाही गरेको आरोप लागेको थियो ।

प्रहरी अधिकृतहरुविरुद्ध यातना र प्रमाण नष्ट गरेको भन्दै जिल्ला अदालत, कञ्चनपुरमा मुद्दा समेत परेको थियो । तर, अदालतले प्रहरीकै पक्षमा फैसला गरेको थियो । त्यसपछि कारबाहीमा परेका अधिकृतहरुलाई पुनर्बहाली गर्न थालिएको छ । प्रकरणका आरोपित भने अझैसम्म पक्राउ पर्न सकेका छैनन् । सम्भार : अन लाइन खबर

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]